कोहलपुर ।
१६औँ रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हिमालय विद्या निकेतनले जितेको छ । निजी विद्यालय संगठन (क्रिसा) बाँकेद्धारा सञ्चालित प्रतियोगिताको आधारभूत तह र माध्यमिक तहतर्फको उपाधि हिमालय विद्या निकेतनले जितेको हो । उसले आधारभूत तहतर्फ २ स्वर्ण,३ रजत र माध्यमिक तहतर्फ ३ स्वर्ण,३ रजत र १ कास्य पदक जित्दै उपाधि उचालेको हो ।
यस्तै,आधारभूत तहतर्फ कोहलपुर बागेश्वरी स्कुलले २ स्वर्ण र १ रजत र ३ कास्य पदक जित्दै द्धितीय र ग्रीनपीस सेकेन्डरी स्कुल २ स्वर्ण,१ रजत र दुई कास्यसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ । यस्तै,माध्यमिक तहतर्फ पनि हिमालय विद्या निकेतनले ३ स्वर्ण,३ रजत र १ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो । यस्तै ग्रीनपीस सेकेन्डरी स्कुल २ स्वर्ण,१ रजत र ३ कास्यसहित द्धितीय र २ स्वर्ण,१ रजत र दुई कास्य पदकसहित ब्राइटलाइट एकेडेमी स्कुलले तृतीय स्थान हासिल गरेका छन् ।
मंसिर २१ गतेबाट कोहलपुर न्यूरोड स्थित खुला मैदानमा सुरु भएको (क्रिसा) बाँकेको १६औँ रनिङ शिल्ड खेलकुद प्रतियोगितामा २३ वटा विद्यालयहरु सहभागी भएका थिए । मार्च पासमा कोहलपुर २ मा रहेको जनज्योति पब्लिक हा स्कुल, कोहलपुर ५ मा रहेको वेष्र्टन इग्लिस मेडियम स्कुल द्धितीय र कोहलपुर १२ मा रहेको ग्रीनपिस सेकेन्डरी स्कुल स्कुल तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने विद्यालय र विद्यार्थीहरुलाई क्रिसा बाँकेका अध्यक्ष वेगम चन्द, क्रिसा कोहलपुर नगर अध्यक्ष विष्णु केसी लगायतले प्रमाणपत्रका साथै ट्रफी वितरण गरेको हुन् ।








प्रतिक्रिया दिनुहोस्