परिवर्तन र समय एकअर्काको प्रतिबिम्ब हुन् । समय बिना परिवर्तनको अस्तित्व छैन, परिवर्तन बिना समयको अनुभूति छैन । यदि केही पनि बदलिएन भने समय पनि अचल हुन्छ । र यदि समय बहिरहेछ भने परिवर्तन पनि अनिवार्य बहिरहेकै हुन्छ । दार्शनिक दृष्टिले भन्नुपर्दा समय र परिवर्तन एउटै सिक्काका दुई पाटो हुन् । हामीले समयलाई रेखा ठान्छौं, तर त्यो रेखा पनि परिवर्तनको लयमा बनेको वृत्त हो ।
विष्णु पादुका
(समय र परिवर्तनको संयुक्त गति छापरिवर्तन र समय एकैसाथ दौडिरहेका छन्। यो दौडको कुनै अन्त्य छैन तर यसले प्रत्येक युगमा नयाँ चेतनाको अर्थ जन्माउँछ ।) संसार एक प्रश्नहरूले भरिएको गोलो हो। वैचारिक प्रश्न जहिल्यै जीवनसँग जोडिएको हुन्छ । आजको दिन पनि परिवर्तनलाई स्वीकार गर्नेले लक्ष्यहिन परिवर्तन भयो भनेर धावनात्मक पार्ने सहादतलाई अवमूल्यन गर्ने गरिएको छ। आखिर परिवर्तनको प्रकृति के हो ? के परिवर्तन एक्कासि हुन्छ ? कि निरन्तर ? के यसको अन्य हुन्छ कि यसले अनन्त यात्रा तय गर्छ? अनि, यसका रूप–रज राजनीतिक, सामाजिक, वैचारिक र प्राकृतिक सन्दर्भमा कति भिन्न र कति समान छन् ? घोत्लिनु पर्ने बेला हो कि। परिवर्तनको कुरा गर्दा हामी प्रायः दुई चरममा अड्किन्छौं ।
एकातिर, परिवर्तनलाई एक्कासि बढ़ने घटनाका रूपमा बुझिन्छ; अर्कातिर, यसलाई निरन्तर प्रवाहको रूपमा।तर वस्तुतः दुवै कुरा सहअस्तित्वमा छन् । परिवर्तनको मूल स्वरूप निरन्तर हुन्छ, तर यसको दृश्य रूप कहिलेकाही विस्फोटक रूपमा प्रकट हुन्छ । प्रकृतिलाई नै हेरौं न, पहाड झर्दा, नदीको धार परिवर्तन हुँदा, ज्वालामुखी विस्फोट हुँदा वा भूकम्प आउँदा हामी एक्कासि परिवर्तन देख्छौं। तर त्यो विस्फोटभन्दा पहिलेदेखि नै पृथ्वीभित्र अनवरत ऊर्जा सङ्कलन र रूपान्तरण भइरहेको हुन्छात्यो अदृश्य निरन्तरता नै अन्ततः दृश्यमान बिन्दुमा पुग्दा घटना र दुर्घटना बन्छ। त्यस्तै मानव समाजमा पनि परिवर्तन एक्कासि हुँदैन। सामाजिक असन्तुलन, विचारका द्वन्द्व, आर्थिक असमानता र सांस्कृतिक संक्रमण यी सबै लामो समयसम्म पाकिरहने तत्व हुन् । जब ती सहनशीलताको सीमा नाप्छन्, त्यो समय विस्फोट हुन्छ । क्रान्ति, आन्दोलन, या प्रणालीगत परिवर्तनका रुपमा । राजनीतिमा देखिने एक्कासि परिवर्तनहरूको फेहरिस्त लामो छ हाम्रोमा। राजतन्त्रको अन्त्य, नयाँ संविधान, नीं सत्ता यी सबै पनि लामो निरन्तर प्रक्रिया र संघर्षको परिणाम हुन् । जनताको चेतना वर्गीय पीडा र विचारहरूको टकराव नदेखिने तर स्थिर रूपमा बहने प्रवाह हुन् । जब ती सामूहिक स्तरणा स्फुट हुन्छन्, राजनीतिक रूपान्तरण अपरिहार्य बन्छ। यस अर्थगा राजनीतिक परिवर्तन पनि निरन्तर हो। तर यसको अन्तिम असर प्रायः दिलो मात्र देखिन्छ । कारण, परिवर्तनका बीजहरू माटोभित्रै परिपक्व हुँदै जान्छन् । वाब त्यो माटो (समय र चेतना) तयार हुन्छ। यल्लबीज अंकुरित हुन्छ।
हामी त्यसैलाई क्रान्ति वा परिवर्तनको ब्लाइमेक्स भन्छौं । तर सबै परिवर्तनको क्लाइमेक्स नहुन पनि सक्छ। कुनैकुनै परिवर्तन स्थिर देखिन्छ, किनभने त्यो अभ गहिरो तहमा चलिरहेको हुन्छ। उदाहरणका लागि, मूल्य–मान्यता, सोच, संस्कारजस्ता अदृश्य र अमुर्त क्षेत्र। तो परिवर्तनहरू शान्त, सुस्त, तर अपरिहार्य हुन्छन् कुनै न कुनै समयको अन्तरालमा । यदि हामी दृष्टिकोणलाई ब्रह्माण्डीय बनाउँछौं भने सबै कुरा परिवर्तनमै छन् । परमाणुका कणदेखि आकाशगङ्गासम्म निरन्तर गति, विस्तार, सङ्कुचन र रूपान्तरणमा छन् । यसको अन्त्य छैन। मात्र रूप परिवर्तन हुन्छ, ऊर्जाको अवस्थामात्र सर्दै जान्छ त्यसैले, परिवर्तनको अन्त्य होइन, रूपान्तरणको निस्तरता नै सत्य हो। परिवर्तन कुनै आकस्मिक चमत्कार क होइन ने। गो समय, चेतना र सन्तुलनको प्रतिफल हो। कहिलेकाही यो विटक रूपमा प्रकट हुन्छ, तर यसको जरा सधै माटोभित्र गहिरोसँग गाडिएर अदृश्य रहन्छ। राजनीति, समाज र बस्माण्ड ती सबै परिवर्तनका निरन्तर तह हुन् । स्थिरता केवल भ्रम हो । वास्तवमा स्थिरता पनि परिवर्तनको एक अवस्था हो। जहाँ गति अलि सुस्त मात्र भएको हुन्छ। उसोभए परिवर्तनको गन्तव्य हुन्छ कि કેમ ? પરિવર્તન સ્થિર ઇન્જી વિ. અના मात्रामा छ त? यसको उत्तर कुनै एक तर्कले समेटिंदैन; यो समय, अस्तित्व र चेतनाको दर्शनसँग गाँसिएको पनि विषय हो।
परिवर्तनको गन्तव्य भन्ने कुरा आफैमा विरोधाभासी जस्तो लाग्छ। किनभने गन्तव्य भन्नासाथ हामीले एउटा अन्तिम बिन्दुको कल्पना गछौं। तर परिवर्तनको सार नै गतिमा छ। अर्को कुरा त्यो अन्तिम बिन्दु फगत एक बलियो भ्रम हो। बलियो यस अर्थमा कि त्यो हाम्रो मानसिकतागा राम्रोसँग उभिएको छ । जुन क्षण गति रोकिन्छ, त्यस क्षण परिवर्तनको अस्तित्व सगाप्त हुन्छ।
यसकारण, परिवर्तनको गन्तव्य छैन, केवल दिशा छ। र, दिशा पनि स्थिर होइन । प्रत्येक क्षण, प्रत्येक अनुभूति, प्रत्येक अस्तित्वसँगै दिशा नै रूपान्तरित हुन्छ। प्रकृतिको दृष्टान्त लिन सकिन्छ। नदी समुद्रमा पुग्छ, तर के त्यसको अन्त्य हो ? समुद्रको पानी फेरि बाष्प बन्नेछ, बादल भएर आकाशमा चढ्नेछ, वर्षा भएर पुनः नदीमा फर्किनेछ। तसर्थ, गन्तव्यलाई हामी अन्त्य ठान्छौं, तर प्रकृतिले देखाउँछ। अन्त्य नै कुनै नयाँ आरम्भको रूप हो। परिवर्तन र समय एकअर्काको प्रतिबिम्ब हुन्। समय बिना परिवर्तनको अस्तित्व छैन, परिवर्तन चिना समयको अनुभूति छैन। यदि केही पनि बदलिएन भने समय पनि अचल हुन्छ । र यदि समय बहिरहेछ भने परिवर्तन पनि अनिवार्य बहिरहेकै हुन्छ । दार्शनिक दृष्टिले भन्नुपदों समय र परिवर्तन एउटै सिक्काका दुई पाठो हुन् । हामीले समयलाई रेखा ठान्छौं तर त्यो रेखा पनि परिवर्तनको लयमा बनेको वृत्त हो। घुमिरहने, कहिल्यै नथाक्ने, कहिल्यै नथामिने । मानव जीवनमा पनि त्यही नियम लागू हुन्छ। जन्म, बाल्य, यौवन, वृद्धावस्था, मृत्यु। यी स्थिर बिन्दु होइनन्। श्री निस्तर रुपान्तरित अवस्थाहरू हुन्, जसले समयलाई अर्थ दिन्छन्। कहिलेकाहीँ हामी परिवर्तन नभए जस्तो देख्छौं। तर त्यो स्थिरता वास्तवमा परिवर्तनको सुस्त अवस्था मात्र हो। जसरी सागर शान्त देखिन्छ तर भित्र गहिसे प्रवाह चलिरहेको हुन्छ त्यसरी नै समाज, चेतना, इतिहास र વસ્થાલ્ડા ૨૪૪સ્યા નિત્તર ઇલવલા भइरहेकै हुन्छ।
राजनीतिमा पनि स्थायित्व भन्ने कुरा भ्रम मात्र हो। स्थायित्व भनेको राजनीतिक, वैचारिक र सामाजिक प्रवाहको क्षणिक सन्तुलन हो। जहाँ शक्ति, चेत्तरा र आकांक्षा केही क्षणका लागि एक चिन्दुमा ठहरिन्छन् । तर त्यसको गहिरो तहमा नयाँ असन्तुलन, नयाँ आकांक्षा, नयाँ शक्ति पुनः जन्म लिंदै हुन्छ। त्यो पुनः विस्फोट हुँदा हामी फेरि परिवर्तन भन्छौं । ग्रीक दार्शनिक हेराक्लिटसले भनेका थिए थ्यग अबललयत कतभउ ष्लतय तजभ कबmभ चष्खभच तधष्अभ.“ तिगी एउटै नदीगा दुईपटक पाइला राख्न सक्दैनौ। किनभने पानी बदलिएको हुन्छ, र तिमी पनि बदलिइसकेका हुन्छौ । यस वाक्यमा परिवर्तनको अनन्त सत्य समाहित छ। परिवर्तन स्थिर हुँदैन, किनभने स्थिरता स्वयं मृत्यु हो। जीवन नै निरन्तर परिवर्तन हो। र मृत्यु पनि अर्को रूपान्तरण मात्र हो, समाप्ति होइन। पूर्विय दर्शनको उच्चतम आदर्श पनि यहि हो। त्यसैले, परिवर्तनको गति समयसँगै होइन । परिवर्तन नै समयको गति हो। समय कुनै पृथक् वस्तु होइन, यो परिवर्तनको लय हो जसले अस्तित्वको संगीत बजाइरहेको छ। परिवर्तनको गन्तव्य छैन, किनभने परिवर्तनको यात्रा नै अस्तित्व हो। जसरी सास रोकिनासाथ जीवन रोकिन्छ। त्यसरी नै परिवर्तन रोकिनासाथ अस्तित्वको अर्थ हराउँछ।
राजनीतिक परिवर्तन, सामाजिक चेतना, प्राकृतिक रूपान्तरण सबै एउटै नियमले बाँधिएका छन् । त्यो नियमको डोरी नदेखिएको मात्र पो। निरुत्तरता, गति, रूपान्तरण र पुनर्जन्म देख्न नसकिएको मात्र अस्तित्व छ भने त्यसको यात्रा पनि छ। ठोस रूपमा नभेटिएका सबै कुरालाई छैन होइन भन्न सकिन्न। त्यसैले भन्न सकिन्छ परिवर्तन स्थिर हुँदैन। परिवर्तन नै स्थिरताको अस्वीकार हो। र, यही अस्वीकारबाट नै ब्रह्माण्ड निरन्तर सृष्टिमा व्यस्त छ। अहिलेको वैश्विक राजनीतिक, प्राविधिक र चेतनागत रूपान्तरण सँग पनि प्रत्यक्ष सम्बन्धित छ परिवर्तन । हिजोको યુકો પામેલા દેશઇક ખાન બને પ્રવાલવને યુદ્ધમા ઇન્! શષ્ઠિ, પ્રવિધિ, ખર્ચ ? अस्तित्वको । त्यस पृष्ठभूमिमा, सुवाको चेतना र सत्तामा उनीहरूको उपस्थिति नयाँ सुगको संकेत हो। परिवर्तनको गत्ति युद्धपछिको संसार र नयाँ चेतनाको उदय हो। युद्धपछिको थकान पनि फोरे नयाँ प्रकारको युद्ध हो । हिजोको संसार दुई ठूला युद्धबाट गुज्जिएको थियो । प्रथम र द्वितीय विश्वयुद्धले सभ्यतालाई थकित र विक्षिप्त बनायो । रगत, बम र बारुदको त्यो युग समाप्त भयो तर युद्धको स्वरूप फेरियो । आजको युद्ध न हतियारको मात्र छ, न भू–भागको गात्र। अबको युद्ध प्रविधिकों, अर्थतन्त्रको र अस्तित्वको युद्ध हो।
अब शक्ति सैन्य बलमा होइन, डेटा, कृत्रिम बुद्धि, नवप्रवर्तन र युवाको चेतनामा निहित छ। अमेरिका, चीन, युरोप, र एसियाका देशहरू सदी यो अदृश्य युद्धमा सहभागी छन् । प्रत्येक राष्ट्र ठूलो हुने प्रयासमा छ। तर यो ठूलोपन अब भौगोलिक नभई बौद्धिक र प्रविधिक अर्थमा परिभाषित हुन थालेको छ। हिजोका युद्धहरूले शरीर र मन बेस्सरी थकाए। आजका युद्धहरूले मन र मूल्यलाई चुनौती दिइरहेका छन् । यस युद्धको केन्द्रमा छ मानव चेतना। यही चेतनाको केन्द्रमा अहिले युवा पुस्ता । जसले अस्तित्वबोध मात्र गरिरहेको छैन, अस्तित्वको अर्थ नै पुनर्लेखन गर्दैछ। न्युयोर्क शहरका मेयरको चयनदेखि लिएर नेपालमा नयाँ पुस्ता (जस्तै जेन्जीको सिफारिसमा बनेको सरकार) वी घटनाहरू एक्कासि पटेका परिवर्तन जस्ता देखिए पनि। वास्तवमा यी दीर्घकालीन चेतनात्मक रूपान्तरणका परिणाम हुन्। समाजको पुरानो संरचना, थाकेका सोच, र पुरातन मूल्यहरू, सुजाको सोच, प्रविधि, र पारदर्शिताको लहरसँग जुधिरहेका छन् । अन्ततः यो जुद्धाइले नयाँ स्वरूपमा सन्तुलन खोजिरहेको छ। र यही प्रक्रियालाई हामी राजनीतिक परिवर्तन भन्छौं। परिवर्तनको गहिरो तर अदृश्य र अनिवार्य प्रवाह निरन्तर छ तर परिवर्तन
एक्कासि हुँदैन । न्युयोर्कमा मेयरको नयाँ शैली, वा नेपालमा युवा नेतृत्वको उदय। श्री केवल दृश्य बिन्दुहरू हुन, तर तिनको जरा समाजको गहिरो तहमा, સમયભો વહાવણી પાવિષ્ણુવ થવો १
मानव चेतना स्थिर हुँदैन । प्रविधिले सम्यको गति बढाइदिएको छ। सामाजिक संजालले चेतनाको प्रसार तीव्र बनाइदिएको छ। अब विचारहरू सीमामा आँड्कँदैनन् । नयाँ पुस्ताले विश्वलाई एउटा साझा कक्षजस्तो बनाइदिएको छ। जहाँ प्रत्येक देशको परिवर्तन अर्को देशको प्रतिब्दिम्ब बन्छ । त्यसैले, जब अमेरिकामा कुनै मूल्य वा शैली जन्मिन्छ। नेपाल, भारत, वा अफ्रिकाका युवामा त्यसको प्रतिध्वनि सुनिन्छ । राजनीति अब स्थानीय गात्र छैन। यो सामुहिक चेतनाको वैश्विक अभिव्यक्ति बनिसकेको छ। समय र परिवर्तनको संयुक्त गति छापरिवर्तन र समय एकैसाथ दौडिरहेका छन् । यो दौडको कुनै अन्त्य छैन तर यसले प्रत्येक युगमा नयाँ चेतनाको अर्थ जन्माउँछ। युद्धपछिको थकानले प्रविधि जन्मायो । प्रविधिले चेतना जगायो। चेतनाले नयीं प्रविधि सुहाउँदो नेतृत्व खोज्यो । र नेतृत्वले फेरि राजनीतिक मूल्यको पुनर्लेखन गरिरहेको छ।
अर्थात युद्धले समय बदल्यो, समयले सोच बदल्यो, सोचले सत्ता बदलौल। परिवर्तनको वर्तमान र भविष्य सँगै छ। आजको संसारले फौर एउटा नयाँ मोड लिइरहेको छ। जहाँ सत्ताको मापन उमेरले होइन, विचार र दृष्टिले हुन्छ। युवाले अब केवल भविष्य खोजिरहेका छैनन्, उनीहरू भविष्य निर्माण पनि त गर्नेछन् । त्यसैले न्युयोर्कदेखि काठमाडौंसम्म परिवर्तनको लहर एउटै छ। थाकेका संरचनाले नयाँ चेतनालाई स्थान दिँदैछ। परिवर्तन स्थिर हुँदैन र यसको गन्तव्य पनि कुनै सीमामा बन्द हुँदैन। यो निस्तर यात्रा हो जसको दिशामा आजका सुवाको चेतना, प्रविधिको शक्ति, र समयको वेग मिल्दै गएको छ। धपकुरा युवा एउटा संख्यामा समेटिएको उमेर होइन यो त मन र मानसिकता, बैचारिक चेत अनि काम प्रती लगनशीलताको परिणाम दिन सक्ने याम हो, वय हो।









प्रतिक्रिया दिनुहोस्