बाँसगढी (बर्दिया) ।
मंसिर ५ गतेबाट सुरु भएको चौथो बाँसगढी नगरपालिका वडास्तरीय महिला तथा पुरुष खेलकुद प्रतियोगिता सकिँदैछ । नगर खेलकुद विकास समिति बाँसगढीको आयोजनामा सुरु भएको प्रतियोगिता आज सकिन लागेको हो । बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले एक भव्य समारोहका बीच वडा नम्बर ४ स्थित मगरपुर कभर्डहलमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आज फाइनल चरणका खेल हुनेछन् । त्यसपछि प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह हुनेछ । पुरुष भलिबलमा वडा नम्बर २ र ३ बीच उपाधि भिडन्त हुनेछ । पुरुष फुटबलमा भने दुई सेमीफाइनल खेल हुने आयोजकले जनाएका छन् । पहिलो सेमिफाइन वडा नम्बर ५ र ६ बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ८ र ९ बीच हुनेछ । जित्ने दुई टोली उपाधिका लागि भिड्नेछन् ।
महिला भलिबलमा साविक मोतिपुर र बेलवा गाविसबीच उपाधि भिडन्त हुँदैछ । महिला फुटबलमा भने देउडाकला र मोतिपुरबीच खेल हुँदैछ । पुरुष कबड्डीतर्फ मोतिपुर र देउडाकला फाइनल प्रवेश गरेका छन् भने महिलातर्फ बेलवा र देउडाले उपाधिका लागि भिडन्त गर्नेछन् । प्रतियोगितामा पुरुष फुटबल प्रतियोगितामा ९ वटा टिम, महिला फुटबलतर्फ ३ वटा टिम, पुरुष भलिबलर्फ ९ वटा र महिला भलिबलतर्फ ३ वटा टिमले सहभागिता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्