नेपालगन्ज ।
नेपालगन्ज म्याराथन ११औँ संस्करण आज शनिबार आयोजना हुँदैछ । विस्तृत शान्ति सम्झौताको मितिलाई सम्झना गर्दै ११ वर्षअघि स्थापित म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त म्याराथन हो । यस म्याराथनले बाँँकेका दुई ठूला सहरहरू नेपालगन्ज र कोहलपुरलाई जोड्ने गर्दछ ।नेपालगन्जको विपी चोकबाट सुरु हुने म्याराथन रुट कोहलपुर चौराहाभन्दा केही माथि पुगेर पुनः विपी चोक पुगेपछि समापन हुन्छ ।
राथनको बेला नेपालगन्जको मुख्य सडक रत्न राजमार्गको एकतर्फी रुट बन्द गरिने जानकारी आयोजक टिएस ठकुरीले दिएका छन् । म्याराथनमा पहिलो संस्करणमा नेपाल आर्मीका हेमलाल श्रेष्ठ, दोस्रोमा पनि आर्मीकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गाबहादुर बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौँमा नेपाल आर्मीका नवराज साउँद विजेता बनेका थिए ।
यसैगरी छैठौँ संस्करणमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की, सातौँमा किरणसिंह बोगटी, आठौँमा सडकबहादुर खड्का, नवौँमा पुनः गोपीचन्द्र पार्की र दशौँमा पुनः सडकबहादुर खड्का विजेता बनेका थिए । यसपटक पनि म्याराथनसँगै दौडका विभिन्न ६ वटा इभेन्टहरूमा प्रतिस्पर्धा गराइने भएको छ । यसपटकको म्याराथनका विजेताहरूले दुई लाख रूपैयाँ र महिलातर्फको हाफ म्याराथन विजेतालाई ७५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
म्याराथनमा दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौँलाई १५ हजार, छैठौँलाई १० हजार पुरस्कार राखिएको छ । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई पाँच हजार नगद पुरस्कार दिइने पनि आयोजकले जानकारी दिएको छ । रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार म्याराथनसँगै हु्ने अर्काे इभेन्ट ४५ वर्षमाथिको भेट्रान दौडको शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ ।
महिला हाफ म्याराथानमा दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौलाई १० हजार पुरस्कार राखिएको छ । यसैगरी १० किलोमिटर खुल्ला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ भने पाँच किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौड र ह्वीलचियरतर्फका तीन जनालाईका शीर्ष तीन जनालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार, पाँचहजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । किड्स रनका सम्पूर्णलाई नगद तथा कर्पाेरेट रन तर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गर्ने पनि जानकारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्