भूमिहीन र मुक्तकमैयालाई राज्यको पहुँचमा पु¥याउन माग



बर्दिया, १३ मंसिर/   नेपाली कांग्रेसका युवा नेता मंगलप्रसाद थारुले आफु प्रदेश सभा सदस्यमा निर्वाचित भएमा परिवर्तनको लागि राणा र पचायत बिरुद्ध लडेका आफना बाबु स्वर्गीय राधाकृष्ण थारुको आर्दश बमोजिम गरिब,भूमिहीन ,सुकुम्वासी ,मुक्तकमैयालाई राज्यका हरेक निकायमा पंहुच र प्रतिनिधित्व बढाउने प्रतिवद्धता जनाएका छन् ।

साथै उनले आफू विजयी भएमा ५ नम्बर प्रदेशको संसदमा नीति नियम बनाउन अग्रणी भूमिका खेल्ने बताएका छन् । नेपाली कांग्रेस निर्वाचन परिचालन एंव प्रचाप्रसार समितिले बर्दियाको पदनाहामा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस नेता थारुले गरिबी , बेरोजगारी, भ्रष्टाचार, ढिलासुस्तीका विरुद्ध आफुलाई सशक्त रुपमा उभ्याई विकासमा पछाडि पारिएको बर्दियालाई पाँच वर्षभित्र पाँच नम्बर प्रदेशको विकसित, समृद्ध, सुशासन युक्त जिल्ला बनाउने बताए ।

आफना बाबु जननेता स्वर्गीय राधाृकष्ण थारुले भूमिसुधार लागु गराउन र जोताहा किसानलाई अगाडि बढाउन महत्वपुर्ण योगदान गरेकोे स्मरण गर्दे थारुले जनप्रतिनिधिले जारी गरेको नेपालको संविधान २०७२ बमोजिम नेपालमै पहिलो पटक हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेसले बहुमत हासिल गरेमा मात्र लोकतान्त्रिक गणतन्त्रको सही र सफल कार्यान्वयन हुने दावी गरे ।

मुस्लिम, थारु, खस, आदिवासी जनजाति, महिला आयोगहरु गठन हुने संवैधानिक व्यवस्थालाई व्यवहारिक र व्यवस्थित गर्न प्रदेशमा धेरै काम गर्नुपर्ने बताउदै उनले आफनो प्रदेश निर्वाचन क्षेत्रको मात्र नभई समग्र ५ नम्बर प्रदेशका जिल्लाहरुलाई समृद्ध बनाउन, प्रदेशको वैज्ञानिक सीमाङ्कन, नामाकरण र प्रदेशको राजधानी र विशेष पकेट क्षेत्र तोक्न समेत आफनो भुमिका सशक्त रहने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १३ गते बुधबार