विष्णु पादुका
नेपालमा राजनीति भन्नासाथ हामी नेताको चरित्र खोज्छौँ। त्यो मात्र होइन देवरूपको । युगौंदेखी त्यो प्रतीक्षामा बस्यौं हामी । एक नायक होस् कोहि । राजनीति र राजनीतिक केही नेताको कारण विडम्बना के छ भने, राजनीति प्रायः त्यस्तो चरित्रमै आधारित हुन्छ जहाँ वास्तवमै कुनै चरित्र हुँदैन। नेताहरूले सिकेका सबैभन्दा ठूलो कला हो—विश्वास लाग्ने तरिकाले झूट बोल्ने क्षमता। जनता सुन्न चाहन्छन् भन्ने कुरा बोले पुग्छ, त्यसलाई पत्याउने भीड आफैं जम्मा हुन्छ। बोलिमा टिक्ने राजनीति कतिन्जेल चल्छ होला ? यो मुल प्रश्न नेतृत्वले कहिल्यै सुन्न चाहेन । नेपाली राजनीति हरेक चुनावमा जनताले विश्वास गर्ने खेलमै टिकेको छ। “म यो गर्छु, त्यो गर्छु” भनेर वाचा गर्छन्, जनतालाई विश्वास दिलाउँछन्। तर त्यो विश्वास दीर्घकालीन हुँदैन। किनभने विश्वासलाई यथार्थमा होइन, आकांक्षा र आशामा बाँधिएको हुन्छ।
राजतन्त्र अन्त्य हुँदा पनि, गणतन्त्र आउँदा पनि, प्रत्येक आन्दोलनमा जनताले नयाँ विश्वासको जन्म देखे। तर त्यो विश्वासलाई नेताहरूले यथार्थसँग जोडेनन्। त्यसैले विश्वास अल्पायु भयो, जनतामा मोहभंग बढ्यो। नेपाली राजनीतिमा अहंको खेल अझ स्पष्ट छ। नेताहरूको अहं प्रायः क्षणिक हुन्छ तर घातक हुन्छ। एउटा पार्टीमा फुट, अर्को पार्टीमा अर्को नेतासँग अहंको टकराव—यसैले राजनीतिक स्थायित्व कहिल्यै देखिएन।२०४६ सालको परिवर्तनपछि नेतृत्वमा आएको पुस्ता अझै अहंमै अड्किएको छ। सत्ता पाउनु, पद पाउनु, सिंहदरबारभित्र बस्नु नै तिनीहरूको चरित्र बन्न पुग्यो। तर अहं सधैं छोटो आयु बोकेको हुन्छ। जसरी साम्राज्यहरू भत्किएका छन्, नेपाली राजनीतिमा पनि पद र प्रतिष्ठा क्षणमै स्खलित भएका उदाहरण धेरै छन्। सत्ता पाएपछि सर्वेसर्वा बनेका नेताहरू केही वर्षमै गुमनाम बनेका छन्।
आजको नेपालको राजनीति हेर्दा लाग्छ—झूट सजिलो बनेको छ, किनभने भीडलाई सत्यभन्दा पनि सुन्दर झूट मन पर्छ। संविधान लेख्दा जनतालाई ‘स्थायित्व’ दिने भनियो, तर अहं र स्वार्थका कारण पटक–पटक संसद विघटन भयो। रोजगारी दिने, भ्रष्टाचार अन्त्य गर्ने, शिक्षा र स्वास्थ्यलाई सहज बनाउने वाचा पटक–पटक सुनाइयो, तर व्यवहारमा झूट साबित भयो। राजनीतिज्ञहरूलाई थाहा छ—जनताले इतिहासलाई गौरव मानेर बस्छन्। “हामीले गणतन्त्र ल्यायौँ, हामीले युद्ध जित्यौँ, हामीले संविधान बनायौँ” भन्ने दाबी गरेर उनीहरूले आजको असफलतालाई छोप्छन्। तर बिगतको ब्याज सजिलोसँग खान पाइँदैन। जनता भोलि फेरि जागरूक हुन्छन्, विश्वासको आयु सकिन्छ, अनि नयाँ मोहभंग जन्मिन्छ। नेपालको राजनीतिमा दुर्घटनाहरू बढ्नुको कारण एउटै हो—विश्वासलाई स्थायी ठानेर अन्धविश्वास बनाइयो, र अहंलाई अमर ठानेर नेताहरूले त्यसैमा टेके। विश्वासलाई समयसँगै रुपान्तरण गर्न सकिएको भए, अहंलाई क्षणिक भन्न सक्ने आत्मसाहस भएको भए, राजनीति जनताको मुक्ति हुनेथियो।
आज पनि राजनीति त्यही पुरानै सूत्रमा अडिएको छ—कुनै चरित्र नभएको चरित्र, जसलाई पत्याउने भीड फेरि फेरि जम्मा हुन्छ। प्रश्न यही हो—कहिले जनता स्थायी भन्ने भ्रमबाट जाग्नेछन्? कहिले नेताले आफ्नो अहंलाई क्षणिक देख्नेछन्? प्रविधिको फड्कोलाई राजनीतिले कहिल्यै चिन्न सकेन । प्रविधिले उपभोक्ता मात्र थप्छ भन्ने गहिरो भ्रम ब्याप्त भयो आजसम्म । एउटा उपभोक्ता अरुकोहिको लागि उत्पादक हो भन्ने अर्थशास्त्रको सिद्दान्त बाट समेत दिक्षित हुन नसकेको देखियो नेपाली राजनीति । अझ भनौं अहिलेसम्मको विश्व राजनीति पनि । प्रविधिको चरम प्रयोगले ल्याउन सक्ने अवसर र चुनौती कसरी थेग्ने ? यो पाटोमा अहिलेका राजनीतिक दल अनि तिनका नेता कार्यकर्तामा चेतना प्रवाह हुनै सकेन । पार्टी भित्रको अप्रजातान्त्रिक बोलवाला त झन् भुसको आगो हुँदै भयो ।
नेपाली राजनीतिक परिवर्तनको दोष अधिकांश रुपले छिमेकी चीन भारत या अमेरिका र युरोपेली देशमाथी थोपरेर नेपालीको मनोबिज्ञानलाई तोडमतोड र बिभाजन गर्ने एउटा तप्का सदैव हाबी छ जसले कन्सिपेरिसी थ्योरीको प्रयोग गर्दै सधैं आफ्नो ज्ञान पेल्छ र स्वार्थको रोटि सेक्छ । नेपाली युवा र प्रौढको मनोबैज्ञानिक बिभाजन गर्न यीनिहरू सदैव उद्दत छन् । हिजो पत्रपत्रिकामा लेख्थे । अलि अघि टिभिमा र रेडियोमा बोल्थे आजभोलि युटुव भरी छाउँछन् । यो तहले पनि नेपाली राजनीतिलाई बिगार्नमा ठूलो भूमिका खेलेको छ । यहि मेसोलाई प्रयोगमा ल्याउँदै बेलाबेला आउने अस्थिरता र परिवर्तनले देशलाई अधोगतीमा लगिरहेको छ । पछिल्लो समय पैसा ,बल र चलखेल ( Money, Muscle and Manipulation ) भन्ने अवधारणामा “Manipulation“ नै सबैभन्दा अदृश्य र खतरनाक हतियार भएर देखियो । Manipulation भनेको सार्वजनिक धारणा, भावना, विचार, सूचना वा परिस्थिति आफ्नो पक्षमा मोड्ने चालबाजी, धूर्त रणनीति र मनोवैज्ञानिक नियन्त्रण हो । यो प्रायः लुकेर, प्रत्यक्ष नदेखिने तरिकाले गरिन्छ ।
राजनीतिमा Manipulation यसरी प्रयोग भएको देखिन्छ । सूचना र मिडिया नियन्त्रण–समाचारलाई आफ्नो पक्षमा लेखाउने, प्रचार–प्रसार गर्ने, विपक्षीको कमजोरीलाई बढाइचढाइ गर्ने, आवश्यक परे झुटो वा आधा–सत्य प्रयोग गर्ने। Fake news, propaganda / paid media यसको सामान्य उदाहरण हुन्। जनताको भावनासँग खेलेर धर्म, जात, भाषा, संस्कृति, राष्ट्रवाद जस्ता संवेदनशील विषयलाई उचालेर जनतालाई भावनात्मक बनाउने। यस्ता भावना जागेपछि तर्क भन्दा आवेशमा निर्णय गरिन्छ। राजनीतिक भाषा नै भिन्न हुन्छ यस्तो बेला ।गलत कामलाई “जनताकै लागि” भनेर व्याख्या गर्ने।असफलतालाई सफलता झैँ देखाउने, नकारात्मकतालाई सकारात्मक झैँ प्रस्तुत गर्ने। गोप्य सम्झौता र गठबन्धन यहिबेला गरिन्छ ।बाहिर जनताको पक्षमा भएको जस्तो देखाउने तर भित्री तहमा ठुला व्यवसायी वा शक्ति–समूहसँग मिलेर फाइदा लिने।
सोसल मिडिया ट्रोलिङ्ग र भर्चुअल आर्मीकै रूपमा देखिन्छ । डिजिटल म्यान्युपुलेसनः भ्रामक टिप्पणी, जाली खाता प्रयोग गरेर जनमत घुमाउने गरिन्छ । पैसा (Money) र बल (Muscle) खुला रूपमा देखिन्छ, तर Manipulation चलखेलले भने अदृश्य रूपमा मानसिक नियन्त्रण गर्छ।यसले जनता आफैँलाई थाहा नपाई आफ्नो विपक्षी होइन, हानिकारक पक्षलाई समर्थन गर्न बाध्य बनाउँछ। यसलाई अंग्रेजीमा “soft weapon ” पनि भनिन्छ, जसले बिना बन्दुक र बिना पैसा नै ठुलो शक्ति खेल खेल्छ।
त्यसैले, राजनीति बुझ्नेहरूले भन्छन्, पैसा र बलले सत्तालाई समात्न त सकिन्छ, तर त्यसलाई टिकाइ राख्ने काम कुटनीति (कपटी चलखेल ) ले गर्छ। “ःयलभथ बलम ःगकअभि mष्नजत अबउतगचभ उयधभच, दगत ःबलष्उगबितष्यल कगकतबष्लक ष्त.“ राजनीति भन्नासाथ धेरैको मनमा पैसाको खेल, बलको प्रभुत्व र चालबाजीको धुवाँ मात्र देखिन्छ। “ःयलभथ, ःगकअभि बलम ःबलष्उगबितष्यल“ भन्ने भनाइ त्यही वास्तविकतालाई औंल्याउने शब्द हो। पैसा र बलको प्रभाव सर्वसाधारणले सजिलै बुझ्छन्, तर राजनीति बुझ्न कठिन बनाउने तत्व भनेको ःबलष्उगबितष्यल हो । सूचना, भावना र विचारलाई आफ्नो पक्षमा मोड्ने कलात्मक तर खतरनाक अभ्यास। सूचना र प्रचारको खेलको आजको संसारमा सूचना नै शक्ति हो। जसले सूचना नियन्त्रण गर्छ, उसले जनमत पनि नियन्त्रण गर्छ। समाचारपत्र, टेलिभिजन, रेडियोदेखि लिएर सामाजिक सञ्जालसम्म, हरेक माध्यम राजनीतिक शक्ति–खेलमा प्रयोग हुन्छ। आधा सत्य, अपूर्ण तथ्य वा पूर्ण झुट बोल्दा पनि यदि निरन्तर दोहोरिन्छ भने, सर्वसाधारणलाई सत्य झैँ लाग्न थाल्छ।
जनताको आवेग नै राजनीतिज्ञका लागि सबैभन्दा सजिलो औजार हो। धर्म, जात, भाषा, इतिहास वा भौगोलिक गर्वलाई स्पर्श गरेपछि तर्क र विवेक हराउँछ, र भीड आवेशमा बग्छ। यसरी विवेकभन्दा भावना सशक्त बनाइदिन्छन्—तर यो नै लोकतन्त्रको सबैभन्दा ठूलो कमजोरी बन्छ।
“तटस्थ व्यक्ति“ ले राजनीतिमा के गर्न सक्छ त? तटस्थता भनेको राजनीति छोड्नु होइन; बरु तथ्यलाई भावनाभन्दा अघि राख्नु हो। सर्वसाधारणबीचमा राजनीति बुझाउन चाहनेले तीन कुरा ध्यान दिनुपर्छ। तथ्य देखाउने ः कुनै घटनाको स्रोत, प्रमाण र वास्तविकता स्पष्ट गर्ने।जनीतिक भाषणमा प्रयोग हुने गाह्रो शब्दलाई जनताले बुझ्ने भाषामा अनुवाद गर्ने। भावना होइन, विवेक जगाउने ः “तिमीलाई रिस उठाउनु छ कि सोच्न प्रेरित?“ भन्ने प्रश्न जनतालाई गर्न सक्ने क्षमता विकास गर्ने। तर यस्तो गर्ने व्यक्तिको नेपाली समाजमा अझै अभाव छ । सत्य भन्न सक्ने तटस्थ आवाज सानो भए पनि समाजमा ठूलो महत्व राख्छ। सानो गाउँमा पनि यदि कसैले निष्पक्ष दृष्टिले कुरा गर्छ भने, अरुले त्यसलाई नयाँ आँखाले हेर्न सुरु गर्छन्। सबै जनता एकै पटक सचेत नहुन सक्छन्, तर बिस्तारै विचारको ज्योति फैलिन सक्छ।
जेन्जी प्रोटेस्ट र तटस्थ दृष्टिकोणबाट पाठकलाई बुझाउने प्रयास सेप्टेम्बर ८ र ९ मा नेपालमा भएको जेन्जी (न्भल श्) आन्दोलनले छोटो समयमै ठूलो तरङ्ग उब्जायो । सामाजिक सञ्जाल बन्दविरुद्ध, भ्रष्टाचार र असमानताविरुद्ध युवा–नेतृत्वमा उठेका अवाजहरू राजधानी र अन्य ठाउँहरूमा भिडमा रुपान्तरण भए। ती सामूहिक आन्दोलनप्रति सहानुभूति र दुख दुबै महत्त्वपूर्ण छन्ः निहत्था मान्छेको गयो । जसले घर, भविष्य र सपना हरायो । जुन कुनै बहानामा स्वीकार्य हुँदैन। तर त्यसै घटनालाई आधार बनाएर सर्वसाधारणसम्म राजनीतिक जटिलता कसरी तटस्थ र स्पष्ट रूपमा बुझाउने भन्ने विषयमा यो आलेखमा केही मार्ग देखाउने प्रयास गरिन्छ । घटनाको सुकिलो तथ्य (फ्याक्ट–चेक) पहिलो आवश्यकता हो । पहिलो काम — के भयो र कति मारिए÷घाइते भए भन्ने स्पष्ट तथ्यसमेतै राख्नु हो। रिपोर्टहरूले प्रारम्भिक रूपमा धेरैले मारिए र सयौँ घाइते भएको भनी उल्लेख गरेका छन्; परिमाण र विवरण समयसँगै अपडेट भएको हुँदा पाठकलाई स्रोतसमेत देखाउनु पर्छ। उदाहरणका लागि केही समाचारले सुरुमै १९ जना मारिएकाले रिपोर्ट गरे, र अन्य स्रोतहरूले मृत्यु–घाइतेको संख्या र क्षतिका विस्तृत अनुमान प्रकाशित गरे। तथ्यबिनाको कथन बहुसंख्यक जनतालाई भ्रमित पार्छ।
किन निहत्था जनताले सडक ओगट्न बाध्य भए ? कारणलाई बुझाएर सुनाउनु साधारण जनतालाई बताउनुपर्छ ।आन्दोलन किन सुरु भयो? के प्राथमिक मागहरू थिए (सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचारविरुद्धको बिद्रोह , नीतिगत असन्तोष) र ती मागहरू कसरी युवा–नेटवर्कहरु (म्ष्कअयचम÷न्चयगउ अजबतक, कयअष्ब िmभमष्ब) मार्फत तीव्र बने। जब कारण स्पष्ट हुन्छ, पाठकले भावनात्मक प्रतिक्रियाबाट टाढा भएर तर्कसंगत रूपमा हेर्छन् नै । मारिने र क्षति हुने कुरा किन फेरि “फलदायी” नबनेको अनुभूति हुन्छ? धेरै हिंसात्मक आन्दोलनपछि पनि राजनीतिक प्रणाली पुरानै झैं रहनुको कारणहरू समावेश हुन्छन् । सत्ता संरचनाको मजबुती – संस्थागत नियन्त्रण, प्रशासनिक र न्यायिक जटिलता। लक्षित प्रतिशोधको अभाव –जब प्रमुख दोषीहरू पक्राउ वा दण्डनीय नरहन्छन्, प्रणालीले तुलना गरि पुरानैलाई पुनस्र्थापित गर्न सक्छ।
राजनीतिक दलिक गठबन्धन र ब्यापारी–राजनीतिक गठबन्धन आर्थिक प्रभाव र सञ्जालले बदलाव रोकेर पुरानै व्यक्तिलाई फाइदा दिन सक्छ।
यसै कारण पनि ठूलो पैसाको क्षति र मानविय दुःखको बाबजुद उपलब्धि शून्य जस्तो देखिन सक्छ। तर यसलाई द्रुत निष्कर्ष नै ठान्नु हुँदैन — कहिले काहीँ आन्दोलनले नै दीर्घकालिन चेतना र संरचनागत परिवर्तनको बीउको मात्र ब्यापार गर्छ। अहिलेको आन्दोलनको तात्विक उपलब्धि यत्ती मात्र देखिने खतरा टलेको छैन । तटस्थ व्यक्तिले स्रोत देखाएर कुरा राख्न हिम्मत गरुन् । तथ्य, आँकडा र प्रमाणहरू लिंक÷स्रोत सहित प्रस्तुत गरुन् (उदाहरणः कति व्यक्ति घाइते÷मरे, कुन स्थानमा क्षति कति भयो) । त्यसको पुनस्र्थापन कसरी कुन श्रोत मार्फत हुँदैछ ? यो दुःख वैध छ भनेर स्वीकार गर्नु छ तर त्यसपछि तर्कसंगत प्रश्नहरूको जवाफ यहि हो अर्को प्रश्न “के यसो गर्दा लक्ष्य पूर्ति भयो?”
सडक आन्दोलन बाहेक के–के कानुनी÷शान्तिमय÷दीर्घकालिक मार्ग छन्ः लोक अदालत, साक्ष्य–आधारित अभियोजन, प्रेस स्वतन्त्रता बलियो बनाउने, पारदर्शी आम्दानी खर्च आदि। किन कि अहिलेको आन्दोलनका हाँगा पात जे भए पनि जरोमा आर्थिक असमानता , बेरोजगारी र भ्रष्टाचारनै हुन् । कसरी समुदाय स्तरमा निगरानी समिति गठन गर्ने, स्थानीय प्रतिनिधिहरूलाई प्रश्न गर्ने, अभिमत कसरी बलियो गर्ने, तथ्य तथ्यांक कसरी सार्वजनिक गर्ने ? अबका मुलभुत प्रश्न हुन् यी । जेन्जी आन्दोलनजस्ता घटना देखा परेपछि धेरैले निष्फलता महसुस गर्न सक्छन् । मर्नेको सपना तुहिएजस्तो लाग्छ। त्यो पीडा वास्तविक छ। तर तटस्थ र तथ्य–आधारित सञ्चारले त्यो पीडालाई अर्थ दिने र दीर्घकालीन सुधारका लागि बाटो बनाउने सम्भावना पनि हुन्छ। सत्य–प्रकाशन, स्थानीय सहभागिता, कानुनी दायरामा दबाब र संस्थागत सुधार बिना मात्र भावनाले परिवर्तन ल्याउँदैन; तर ती सबै मिलेर लामो समयपछि नै संरचनागत परिवर्तन सम्भव हुने गर्छ ।
सर्वसाधारणले राजनीतिको यथार्थ पाउन कठिन छ, किनकि आजपनी राजनीतिमा ःबलष्उगबितष्यल मा ब्याप्त छ । तर कठिन भनेको असम्भव होइन। यदि केही तटस्थ व्यक्तिहरूले तथ्यलाई सरल भाषामा प्रस्तुत गर्ने साहस देखाउँछन् भने, जनता हल्लाभन्दा पनि सत्यतिर ध्यान दिन सक्छन्। राजनीति बुझाउने तटस्थ प्रयास भनेको समुद्रमा दियो बाल्नु हो । सानो भए पनि त्यसको उज्यालाले बाटो देखाउने शक्ति राख्छ । संयम आजको पहिलो अभ्यास हो । हरेक ब्यक्ति समाज र देश प्रती उत्तरदायी हुनु सबैको कर्तव्य हो । ब्यक्ति ब्यक्ती घर घरमा यो राजनीतिको चक्रब्युह तोड्न जरुरी छ । बुझ्न जरुरी छ । संसारमा नेपाल जति सुन्दर देश अन्त कतै छैन । सानो कुरालाई सिगार्न जरुरी छ । हरेक कुरामा सकारात्मक कुरा खोज्न सकिन्छ । देशमा खरानी मात्र भरिएको भाष्य निर्माण हुँदैछ । त्यो सर्वथा गलत हो । हिरोसिमा र नागासाकी भएको होइन नेपाल तर त्यो बाटोमा अग्रसर हुन नदिन प्रत्येक नेपालीले सोच्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्