नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत



कोहलपुर/  बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा शुक्रबार स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसमा अध्धयनरत कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए । क्याम्पस प्रमुख शिशिर कुमार शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृष्ण राना क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।

कक्षा १२ की छात्रा निर्मला भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गगरिएको थियो ।

कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारी, प्राध्यापकहरु पुष्करनाथ रिजाल, एकराज शर्मा, तोयानाथ पहाडी, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष हेमन्त भट्टराई, सहसचिव सुमन घिमेरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इमरान हास्मीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज २० गते शनिबार