रानीतलाउ तरकारी बजारको मूल्य सूची सार्वजनिक



वीरेन्द्र जैसी
नेपालगन्ज, ६ वैशाख

नेपालगन्जस्थित रानीतलाउ तरकारी बजारको मूल्य सूची अब हरेक दिन सार्वजनिक गरिने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा उक्त दररेट हरेक दिन सार्वजनिक गरिने भएको हो । संघका अध्यक्ष टंक धामीले आफ्‌नो विशेष पहलमा अब हरेक दिन मूल्य सूची सार्वजनिक गरिने बताए । उनले भने, ‘उपभोक्ताहरु मूल्य थाहा नपाएर महंगोमा किन्ने बाध्यतामा हुने कुरालाई अन्त्य गर्न र बजारमा मूल्यको एकरुपता कायम गर्न मूल्यसूची सार्वजनिक गरिनेछ ।’ हरेक दिन बिहान तरकारीको मूल्यसूची सार्वजनिक हुने उनको भनाइ छ ।

हेर्नुहोस् रानीतलाउ तरकारी बजार (सब्जि मण्डी) नेपालगन्जको वैशाख ६ गतेको तरकारीको मूल्यसूची :

अध्यक्ष धामीले संघले तरकारीको मात्रै नभै अन्य उपभोग्य वस्तुहरुको मूल्यसूची सार्वजनिक गर्ने उदेश्यले छलफल भइरहेको पनि बताए । पछिल्लो समय सीमा नाकामा भन्सार नियम पालनामा कडाई गरिएसँगै नेपाली उपभोक्ताहरुलाई सहुलियत दिनका लागि विभिन्न उपायहरु अपनाउन लागिएको उनले बताए । ‘सरकारले आफ्‌नो काम गरिरहेको छ । अझै थप सुधारका लागि घचघच्याउन जरुरी छ । तर हामी व्यवसायीहरुले पनि आफ्‌नो ठाउँबाट सकिने उपाय लगाएर उपभोक्ताहरुलाई सहज व्यवस्था गर्नुपर्छ धामीले भने ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार