श्रीमान पीडित झुटो



नेजालगञ्ज,१७ फागुन/   बाँकेको राप्तीसोनारी गाँउपालिका –२ कचनापुर बस्ने २४ वर्षिय गिता वली बोहरा घरेलु हिंसाका कारण समस्यामा परेको कुरा सत्य नभएको डिएसपी बोहराका दुई छोरी अन्जु बोहरा र आरजु बोहराले बताएका छन् ।

डिएसपीकी कान्छी श्रीमती गिता वली बोहराले बोहराको पहिलापनि विहे भएको र २ छोरी भएको कुरा पनि पहिला थाहा पाएर नै बिहे भएको छोरीहरुले बताएका हुन् । वलीले पतिको सम्पत्ती आफ्नो नाममा बनाउनुपर्ने भन्ने कुराले नै घरमा बादविवाद उत्पन्न भएको दूई छोरीहरुले बताएका छन् । छोरीहरुसंग बस्दै गर्दा छोरीहरु प्रति नराम्रो व्यवहार देखाएको कुरा पनि बताएका छन् ।

वलीले सम्पत्ती आफ्नो नाममा नभए बोहरालाई जागिरबाट समेत निकालिदिने धम्की दिएको छोरीहरुले बताएका छन् । त्यस्तै डिएसपीको श्रीमतीले पत्रकार सम्मेलन गरेपछि उनका छोरीहरुलाई बाहिर हिडडुल गर्न गारो भएको र सबैले भन्ने भएकोले आफुहरुले पनि सत्यतत्थ्य कुराको लागि पत्रकार सम्मेलन गरेको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार