बागमती प्रदेशसभा चैत २४ गते बस्ने



मकवानपुर : बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न ४ बजे बस्ने भएको छ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गरेको उनको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए।प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार