संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लंघन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसंघलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गर्नु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरवानीले अमेरिकाको कदमलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्ने आक्रमक कार्य भन्दै निन्दा गर्नु भएको छ । सैनिक नाकाबंदी लागू गर्नु इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन भएको उहाँले बताउनु भएको छ । गत अप्रिल –१२ मा युएस सेन्ट्रल कमान्ड (सेन्टकम) द्वारा सार्वजनिक रूपमा सैनिक आतंकवादको घोषणा गरिएको थियो ।
उनले अमेरिकाले संयुक्त राष्ट्रको बडापत्रको धारा– २, अनुच्छेद ४ को उल्लंघन गर्दै आतंकवाद घोषणा गरेको बताएका छन् ।
उहाँले अवैध नाकाबंदीले समुद्र सम्बन्धि अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताए । इरानी बन्दरगाहहरूमा आउने र जाने समुद्री तायात रोक्ने प्रयास गरेर, अमेरिकाले इरानको सार्वभौम अधिकारको प्रयोगमा हस्तक्षेप गरिरहेको र अन्तर्राष्ट्रिय कानून अनुसार तेस्रो राज्यहरूको अधिकार र वैध समुद्री व्यापारको उल्लंघन गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।
इरानले अमेरिकाको अवैध कार्यलाई अस्वीकार र निन्दा गर्दै आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितहरूको रक्षा गर्न आवश्यक उपायहरू गर्ने आफ्नो “अन्तर्निहित अधिकार“ राख्ने बताएको छ ।
उनले अमेरिकाले अन्तर्राष्ट्रिय रुपमा गैर जिम्मेवारपुर्ण कार्य र क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गलत प्रभावहरू लगायत यसका सबै परिणामहरूको लागि पूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बताए । तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गर्दै, इरानी दूतले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई नाकाबंदीको निन्दा गर्न र तनाव रोक्न कदम चाल्न आग्रह गरेका हुन् । इरवानीले संयुक्त राष्ट्र संघलाई सम्वोधन गर्दै लेखेको पत्रमा इरान विरुद्ध अमेरिकाको निरन्तर अन्तर्राष्ट्रिय कानूनको उलंघन गरेको विषय उजागर गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्