काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका छन् ।
उद्योग मन्त्री यादव महोत्तरी–४ बाट र श्रम मन्त्री नियुक्त रामजी सप्तरी–२ बाट विजयी भएका थिए । यसअघि उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले आफैँसँग राखेका थिए भने श्रम मन्त्री रहेका दीपककुमार साहलाई पार्टी सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले बिहीबार पदमुक्त गरेका थिए ।
मन्त्रिपरिषद्मा थपिएका नयाँ दुई मन्त्रीले शुक्रबार नै शपथ लिएका छन् । राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्