महिन्द्राको एसयूभी बीई–६ र एक्सईभी–९ ई सार्वजनिक



पोखरा ।

महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले पोखरास्थित वितरक बीबी इन्कर्पोरेटेडसँगको सहकार्यमा अत्याधुनिक इलेक्ट्रिक एसयूभी बीई ६ र एक्सईभी ९ ई सार्वजनिक गरेको छ । यी गाडी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्मममा आधारित रहेको कम्पनीले जनाएको छ ।

यी गाडी यसअघि पोखराको मणिपाल, सेलवे डिपार्टमेन्ट स्टोर, लेकसाइड तथा गण्डकी मेडिकल कलेजमा चैत ३ देखि ५ गतेसम्म प्रदर्शन गरिएको थियो । लगत्तै पोखरा इभेन्ट सेन्टरमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बंगलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकार, अग्नि ग्रुपका एसयूभी प्रोडक्ट हेड रामेश्वर महर्जन, अग्नि ग्रुपका बीईभी प्रोडक्ट हेड सुरज राजवंशी, बीबी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक शान्तराज बतास, बीबी इन्कर्पोरेटेडका निर्देशक सुलभ बतास, स्थानीय ग्राहक तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार