संविधान निर्माणमा देउखुरीको बलिदान



उनीहरू सामान्य मतदाता र स्थानीयबासिन्दा थिए, जो गणतान्त्रिक प्रक्रियामा सहभागी हुन गएका थिए । त्यो समय देश संक्रमणकालमा थियो । ९ जना नागरिकलाई ‘गणतन्त्रका सहिद’ घोषणा गरियो । लमही क्षेत्र राष्ट्रिय रूपमा शोकमा डुब्यो । घटनाले निर्वाचन सुरक्षामाथि गम्भीर प्रश्न उठायो । यो घटना नेपालको लोकतान्त्रिक यात्रामा ठूलो बलिदानको प्रतीकका रूपमा सम्झिइन्छ ।

शिवु खनाल

२०६४ साल चैत २५ गते निर्वाचन प्रचारप्रसारमा होमिएका चेतबहादुर बुढाथोकीले सहादत प्राप्त गरे । विभिन्न सञ्चारमाध्यम हुँदै यो खबर देशैभर फैलियो । रेडियोमार्फत त्यो समाचार बुढाथोकीका बुवा बलिराम बुढाथोकीको कानमा प¥यो । बुवा बुढाथोकीले भने, ‘त्यो हिंसात्मक घटना घटेको दिन म सम्झिन सक्दिनँ ।’ बलिराम बुढाथोकी राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी नाका बस्छन् । कक्षा दशमा पढ्दै गरेका उनका छोरा २०६४ साल चैत २५ गते हतार हतारमा तोरीको तेल पेलाउन कुसुन पुगे । तोरीको तेल पेलाउन कुसुम पुगेका बुढाथोकी साथीहरूसँग निर्वाचनको प्रचारप्रसारमा होमिए । त्यो दिन सम्झिँदै बुवा बलिराम बुढाथोकीले भने, ‘म कफ्र्युमा फसेँ । मेरा खुट्टा लल्याकलुलुक भए । त्यहीँनेर थचक्क बसेँ । अरूले देउखुरी जानु भन्थे । कफ्र्युको बेला देउखुरी झर्ने आँट आएन । मतदान केन्द्र मावि सिक्टामा पुगेर पार्टीलाई भोट हालेर एकजना आफन्तलाई बोलाएँ अनि सिधै घर गएँ ।’ ‘शरीरमा गोलीले चोट लागेको छ । लमहीबाट थप उपचारको लागि भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो भन्ने पार्टीबाट खबर सुनेँ । त्यहीमा टालटुल पारे । छोराको मुख पनि हेर्न पाइनँ । पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै राप्ती नदी घाटमा दाहसंस्कार गरेर बिदाइ ग¥यो ।’ उनले थपे ।

जनयुद्धको चिनो बोकेर सहिद परिवारको घरमा पूर्वमन्त्री चौधरी

जनयुद्ध दिवसको अवसर पारेर जनयुद्धको चिनो बोकेर नेपाली कम्युष्टि पार्टीका नेता एवं पूर्वसहरी विकास मन्त्री मेटमणी चौधरी गत फागुन १ गते नेपाल–भारत सीमावर्ती क्षेत्र पुगे । भारतसँग सीमा नाका जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी नाका निवासी बलिराम बुढाथोकीलाई सहिद परिवारको नाममा आएको जनयुद्धको चिनो हस्तान्तरण गरे । त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका निवासी रामराजा सेनलाई पनि सहिद परिवारको नाममा आएको जनयुद्धको चिनो हस्तान्तरण गरिएको छ । २०६४ साल चैत २५ गते पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसारमा निस्किएका पूर्णराज सेनले पनि सोही घटनामा ज्यान गुमाएका थिए । राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका निवासी ५३ वर्षीय पदमबहादुर बुढा (अचम्म) म्याग्दीमा सेक्सर कमान्डर थिए । ५३ वर्षको उमेरमा सहिद भए । खांग्रनाकाकै भिमबहादुर बुढा (सचिन) खारास्थित युद्धमा परि ३६ वर्षको उमेरमा सहादत प्राप्त गरे ।खांग्रानाकाकै घाइते बरमान रोका मगरलगायत सहिद परिवारलाई पूर्वमन्त्री चौधरीले जनयुद्धको चिनो हस्तान्तरण गरेका थिए ।

संविधान निर्माणमा सहिदको योगदान

पहिलो संविधानसभा २०६४ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले नै उठाएको मुख्य एजेण्डा संविधानसभाको निर्वाचन र संविधानसभाको निर्वाचनमार्फत जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गर्ने एजेण्डा कार्यान्वयनका लागि निर्वाचन अगाडी बढ्यो ।
संविधानसभा निर्वाचनका तत्कालीन उम्मेदवार इन्द्रजीत थारू भन्छन्, ‘त्योभन्दा अगाडी खुमबहादुर खड्काले देउखुरी क्षेत्रका तत्कालीन सतवरिया, राजपुर र बेला गाविसलाई आफ्नो पक्षमा कब्जा गर्नका लागि पोखरा र काठमाडौँबाट गुण्डाहरू झिकाउनु भएको थियो र ति गुण्डाहरूलाई पनि सोही दिन कालाकाटे र भालुवाङ्मा आफ्नो नियन्त्रणमा लिएका थियाँै ।’ खुमबहादुर खड्काको त्यो उपाए पनि काम नलागेपछि अन्ततः सोही दिन साँझ चुनाव प्रचारप्रसार गरेर घर फर्किन लागेका माओवादीका कार्यकर्तामाथि खुमबहादुरकै सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले गोली प्रहार गरेको थारू आरोप लगाउँछन् । उक्त घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भयो र २९ जना घाइते भएका थिए ।
उक्त निर्वाचनमा दाङ क्षेत्र नंं १ नेपाली काँग्रेसबाट खुमबहादुर खड्का र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट इन्द्रजीत थारू उम्मेदवार थिए ।

र, प्रचारप्रसार गर्दै जाने क्रममा नेकपा (माओवादी)को एजेण्डा संविधानसभाको निर्वाचन र त्यस संविधानसभाको निर्वाचनबाट संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेशी र सामाजिक न्याय लगायतका मुद्दाहरूलाई कार्यान्वयन गर्ने विषय जनताद्वारा व्यापक रूपमा अनुमोदन भइसकेको र त्यस अवस्थामा व्यापक माओवादीको पक्षमा जनलहर सिर्जना भइसककेको थियो । करिब करिब चुनावको मौनअवधि सुरु हुने दिन अर्थात् २६ गतेसम्म आइपुग्दा माओवादीको जित सुनिश्चित जस्तै बनेको तत्कालीन उम्मेदवार थारूको भनाइ छ । माओवादीको हातमा निर्वाचनको परिणाम जाने भयो भनेर नेपाली काँग्रेसका उम्मेदवार खुमबहादुर खड्काको तर्फबाट चुनाव बिथोल्ने उद्देश्यका साथ प्रचारप्रसार गरिरहेका माओवादीका कार्यकतामाथि खुमबहादुरकै सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले गोली प्रहार गरेको थारूको आरोप छ । २०६४ साल चैत २५ गते लमहीमा अत्यन्त दुःखद् र हिंसात्मक घटना घटेको थियो । जसलाई आज पनि देउखुरी कोलही निवासी लबरु चौधरी र जिउलाल चौधरीसहित ९ सहिदको रूपमा सम्झिन्छन् । प्रचारप्रसार भइरहेका बेला सशस्त्र समूहहरूले निर्वाचन बिथोल्ने प्रयास गरे । ९ जना निर्दोष नागरिकहरू घटनामा परि ज्यान गुमाए । यी व्यक्तिहरू कुनै सशस्त्र पक्षका लडाकु थिएनन् । उनीहरू सामान्य मतदाता र स्थानीयबासिन्दा थिए, जो गणतान्त्रिक प्रक्रियामा सहभागी हुन गएका थिए । त्यो समय देश संक्रमणकालमा थियो । ९ जना नागरिकलाई ‘गणतन्त्रका सहिद’ घोषणा गरियो । लमही क्षेत्र राष्ट्रिय रूपमा शोकमा डुब्यो । घटनाले निर्वाचन सुरक्षामाथि गम्भीर प्रश्न उठायो । यो घटना नेपालको लोकतान्त्रिक यात्रामा ठूलो बलिदानको प्रतीकका रूपमा सम्झिइन्छ ।

कार्यान्वयन गर्नका लागि निरन्तर लागिरहनेछु ः थारू

‘आज यहाँसम्म आइपुग्दा संविधानसभामा जुन देउखुरीका जनता, कार्यकताले योगदान गर्नुभएको छ । त्यही योगदान र बलिदानबाट नै हामी संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थामा छौँ,’ इन्द्रजीत थारू भन्छन्, ‘स्थानीय तह निर्माण, प्रदेश सरकार स्थापना भएको छ । र, जनताले आफ्नो शासन आफैँ आफ्नै घरदैलोबाट गर्न सकेका छन् । जनातको सबैभन्दा नजिकैको सरकारको रूपमा स्थानीय सरकारबाट सेवासुविधा लिइरहेका छन् ।’ ‘यसको श्रय दश वर्षे जनयुद्धमा बलिदान गर्नुहुने र संविधानसभाको निर्वाचनकै क्रममा सहादत प्राप्त गर्नुहुने र घाइते हुनुहुने सबै योद्धाहरूको महत्वपूर्ण योगदान रहेको छ । उक्त योगदानबाट आज संविधान निर्माण भएर साकार भएको अवस्था छ र कार्यान्वयन गर्नका लागि म निरन्तर लागिरहनेछु ।’ थारू भन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार