बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन



काठमाडौँ ।

बौद्धनाथ क्षेत्र विकास समितिले प्रत्येक वर्ष गर्ने अध्ययन, अनुसन्धानसम्बन्धी अभिलेख सुरक्षित राखेको नपाइएको महालेखापरीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ । समिति गठन आदेश, २०५३ को दफा ४ मा बौद्धनाथ क्षेत्रभित्रको बौद्ध धर्मसँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक र पुरातात्विक वस्तुको संरक्षण गर्नुपर्ने व्यवस्था छ ।

समितिले प्रत्येक वर्ष बौद्ध धर्मसँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक र पुरातात्विक मूर्त, अमूर्त वस्तुको अध्ययन, अनुसन्धानसम्बन्धी कार्यक्रम गर्ने गरेकामा त्यस्ता अनुसन्धानात्मक अध्ययन सामग्रीहरुको विषय क्षेत्रगत रुपमा डिजिटल, अर्काइभ वा अन्य वैज्ञानिक ढङ्गले सुरक्षित राख्ने संयन्त्र निर्माण गरेको नदेखिएको महालेखापरीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ ।

त्यस्ता सामग्रीको अभिलेख व्यवस्थापन गरी सुरक्षित राख्न पनि महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठीबीच विवाद हुँदै आएको छ ।भूमि व्यवस्था मन्त्रालयअन्तर्गत गुठी संस्थान मातहतको गुठी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिको विवादका कारण बौद्ध क्षेत्रका सम्पदाको समुचित विकास हुन सकेको छैन । जसका कारण विदेशी पर्यटक आकर्षित हुने संरचना निर्माण हुन सकेको छैन । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार