लुम्बिनी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकमा उहाँले संगठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्यांकन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए । नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्यांकन गरी आगामी दिनमा नयाँ ढंगले जनतामाझ जानुपर्ने धारणा राखे ।
उनले विकास र समृद्धिको आकांक्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताए । बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाललगायतले आफ्ना धारणा रारेका थिए ।








प्रतिक्रिया दिनुहोस्