नेता ढकालले दिए मतदातालाई धन्यवाद



कोहलपुर ।

नेकपा (एमाले) पार्टीबाट बाँके क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सूर्य ढकालले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि मतदाताहरुलाई धन्यवाद दिएका छन् । शनिबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सबै मतदातालाई उनले व्यक्त गरेका हुन् ।

उनले निर्वाचनको परिणमा आफ्नो पक्षमा नआएको बताउँदै आगामी दिनहरुपमा पनि जनताको मन जित्ने गरेर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए । उनले विजयी हुने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधारीलाई आफूले विगतमा गरेका अधुरा कामहरु पूरा गर्न शुभकामना दिँदै बधाइसमेत दिए ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मत परिणमले कुनै पनि नेता कार्याकर्तालाई विचलित नहुन आग्रह गरेका छन् । राजनीतिक लामो यात्रा रहेकाले उतरचढाव हुने बताउँदै उनले अझ सशक्त भएर जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सबै नागरिकहरुले अक्षरस पढ्न पाउनुपर्ने बताए ।

उक्त प्रतिवेदन निर्वाचनअघि नै बुझाउन एमालेले दबाब दिँदै आएको बताउँदै उनले अब बुझाएकाले प्रतिवेदन सबै नागरिकहरुले पढ्न पाउनुपर्नेमा जोड दिए । उनले प्रतिवेदनमा समितिले उल्लेख गरेका र दोषी देखिएका सबैलाई कारबाहीका गर्न एमालेले माग गर्दै आएको उल्लेख गरे ।

कुनै पनि बहानामा राजनीतिक प्रतिशोध साँधेर एमाले अध्यक्ष ओलीलाई प्रकाउ तथा कारबाही गरे नेकपा एमाले विरोधमा उत्रिने उनको भनाइ थियो । अध्यक्ष ओलीले नै गोली हान्न लिखित वा मौखिक आदेश दिएको प्रमाणित भए कारबाहीको भागीदार हुने बताउँदै उनले अन्यथा राजनीतिक प्रतिशोध सधेँ राम्रो नुहने चेतावनी दिए ।

नेकपा एमालेले विगतदेखि भ्रष्टाचारीलाई कारबाही गर्नुका साथै भष्टाचारको मुद्दालाई जोडतोड््का साथ उठाउँदै आएको उनको भनाइ थियो । उनले २०४६ सालदेखि विभिन्न पदमा र ओहदामा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन हुनुपर्ने समेत माग गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार