कोहलपुर ।
यही फागुन २८ गतेदेखि सञ्चालन हुने कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र रुपमा भइहरेको छ । प्रतियोगिता सञ्चालनको मिति नजिकिएसँगै तयारी तीव्र पारिएको हो । कोहलपुरमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको टि–२० प्रतियोगिता लागिको लागि तयारी तीव्र पारिएको प्रतियोगिताका संयोजक विनायक गिरीले जानकारी दिए ।
प्रतियोगिताका लागि अहिले कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिच निर्माणदेखि प्रचारप्रसार तीव्र पारिएको बताए ।
उनका अनुसार अहिले प्रतियोगितामा सहभागी हुने टिमदेखि अन्य कामहरु धमाधम भइरहेको छ । कोहलपुरलाई क्रिकेटका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन कोहलपुर प्राइड लिग सञ्चालन गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा राष्ट्रिय क्रिकेट खेलाडीहरु विनोद भण्डारी, भिम सार्की, कुशल मल्ललगायत खेलाडीहरु सहभागी हुने उनले जानकारी दिए । कोहलपुरको क्रिकेट विकास गर्न र खेलकुदबाटै कोहलपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।
उनले कोहलपुरमा पहिलोपटक त्यसमा पनि राष्ट्रिय खेलाडीहरूको सहभागितामा प्रतियोगिता सञ्चालन हुन लागेको बताए । प्रतियोगितालाई सफल पार्न र खेलाडीहरुलाई हौसला प्रदान गर्न मैदानसम्म उपस्थित हुन सबैलाई उनले आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्