
काठमाडौँ ।
गत २३ र २४ भदौको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।
यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका धेरै युवाले जित निकालेका छन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । उनीहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश पनि दिएको छ ।
अब संसद प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० बाट ३५ मुनिका २० जना उम्मेदवार निर्वाचित भएका छन् ।
यसैगरी, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ गरी २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रस्थानमा छिन ३० वर्षीया सोविता गौतम । रास्वपाको केन्द्रीय सदस्य गौतम चितवन–३ बाट विजयी भएकी हुन् ।उनले ५९ हजार २७७ मत ल्याइन् । गौतमको निकतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएको थियो ।
उनले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौं– २ बाट जित हासिल गरेकी थिइन् । २८ वर्षीय सुलभ खरेल रूपन्देही– २ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भएका हुन् । रास्वपका उनका निकतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याए ।
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उम्मेदवार रुविना आचार्य विजयी भइन् । उनले ५५ हजार ५१३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले १२ हजार ८५० मत पाए । यसैगरी, रास्वपाबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा बदनकुमार भण्डारी विजयी भएका छन् । ३३ वर्षका बदनले ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको हो ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत पाप्त गरे । रास्वपाबाटै झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी ४५ हजार ६८० मतसहित विजयी भएकी छन् । । उनी २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी थिइन् । डाँगीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत पाए।
२६ वर्षीय मनीष खनाल पनि रास्वपाबाट नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भए । उनले ४१ हजार ३४७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याए । रास्वपाका २८ वर्षीय बब्लु गुप्ता सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको हो । ४१ हजार ३२२ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७७४ मत ल्याए ।
गुप्ता अन्तरिम सरकार छोडेर चुनावमा होमिएका थिए । उनी सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारमा युवा तथ खेलकुद मन्त्री थिए । ३४ वर्षीय सागर ढकाल रास्वपाबाटै गुल्मी– १ बाट निर्वाचित भएका छन् । उनले २९ हजार ६४२ मत पाउँदा निकतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञावलीले १५ हजार १८१ मत ल्याए । ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने ९दर्शना० । वैकल्पिक राजनीतिबाट उदाएकी ३० वर्षीया न्यौपानेले १५ हजार ५५ मत पाइन् । कांग्रेसका प्रवल थापा ६ हजार ३६४ मत पाएर दोस्रो स्थानमा रहे ।
यसैगरी, रास्वपाबाटै ३४ वर्षीय सन्तोष राजवंशी मोरङ–४, ३० वर्षिय शिवशंकर यादव, सिराह– ४, ३४ वर्षीय दीपककुमार साह महोत्तरी–२ र ३३ वर्षीय उज्ज्वलकुमार झा महोत्तरी–३ , २९ वर्षीय सस्मित पोखरेल काठमाडौं–५, प्रशान्त उप्रेती मकवानपुर– २, ३१ वर्षीय सुशान्त वैदिक प्युठान, सोम शर्मा बाग्लुङ–२, झविलाल डुम्रे स्याङजा– २ बाट निर्वाचित भए ।
यस्तै, कैलाली– २ बाट केपी खनालले जितेका २६ वर्षी केपी खाना, सिराहा– ४ बाट विजयी ३३ वर्षीय तपेश्वर यादव, महोत्तरी– ३ बाट जित हात पारेका ३३ वर्षीय उज्ज्वलकुमार झा पनि रास्वपाकै हुन् । यता, नेपाली कांग्रेसका ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३४ वर्षीय ज्ञानबहादुर शाही हुम्ला र श्रम संस्कृति पार्टीका २९ वर्षीय आरेन राई खोटाङ– १ बाट निर्वाचित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्