अहिलेको निर्वाचन देश बचाउने र जलाउनेबीचको जनमत संग्रह होः ढकाल



कोहलपुर ।

नेकपा एमाले तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार  सूर्यप्रसाद ढकालले अहिलेको निर्वाचन देश बचाउने र जलाउनेबीचको जनमत संग्रह रहेको बताएका छन् । कोहलपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको निर्वाचन देश बचाउने र जलाउनेबीचको जनमत संग्रह रहेको बताएका हुन् ।

उनले नेकपा एमाले देश बचाउने र देशभक्त पार्टी रहेकाले बाँके क्षेत्र नम्बर १ का मतदाताले आफूलाई निर्वाचित गराउनेमा विश्वासत रहेको बताए । विगतको तीन वर्षमा आफूले गरेका कामलाई पूर्णता दिन र राष्ट्रियता जोगाउन सूर्य चिन्हमा मतादान गर्न मदतादा उत्साहित रहेको उनको भनाइ थियो ।

घरदैलोमा जादा मतदाताहरुले नेकपा एमाले राष्ट्रप्रेमी र विकासप्रेमी पार्टी रहेकाले एमालेलाई विजयी गराउने धाराण राखिरहेको उनले बताए । राष्ट्रलाई जिताउन भएपनि नेकपा एमालेलाई तिजाउने मतदाताले भन्ने गरेको उनी बताउँछन् । ‘मतदाताहरुले एमालेले हारे राष्ट्र हार्छ । त्यसैले एमालेलाई जिताउनुपर्छ भनिरहनु भएको छ,’ उनले भने ,‘हाम्रो पनि आग्रह छ । यदि एमालेले हार्याे भने राष्ट्र हार्छ । त्यसैले एमालेलाई जिताइदिनुस् ।’

देश र राष्ट्रलाई बचाउनका लागि पनि नेकपा एमालेको पक्षमा मतदान गर्न उनले आग्रह गरे। बाँके क्षेत्र नम्बर १ को विकास र समृद्धिको लागि आफूले विगतमा ल्याएका योजनाहरु अधुरा रहेकाले त्यसलाई पूरा गर्न पनि पुनःनिर्वाचित गराउन आवश्क रहेको उनले बताए ।

३ वर्षसम्म आफुले विगतमा गरेका कामको मूल्यांकन र टोल तहसम्मको बलियो संगठनका कारण आफ्नो विजयी सुनिश्चत रहेको उनले दाबी गरे । नेकपा एमालेको  स्पष्ट नीति र कार्यक्रम लिएर जनताको मन जितेकाले आफ्नो विजयी सुनिश्त रहेको ढकालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार