होलिल्याण्डले मनायो ३१ औं वार्षिकोत्सव



नेपालगन्जस्थित अग्रणी विद्यालय होलिल्याण्ड अंग्रेजी माविले विविध कार्यक्रम गरी आफ्‌नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गोइतको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक प्रशान्त श्रेष्ठले विद्यालयको प्रगति विविरण प्रस्तुत गरेका थिए भने विद्यालयका विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक तथा कलामूलक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए । होलील्याण्ड मावि नेपालगन्जको अग्रणी विद्यालयमध्ये एक रहेको भन्दै कार्यक्रमका वक्ताहरुले विद्यालयले गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार