
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखिने भएको छ । नेपाल बन्द आह्वान गरेको भन्दै पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार बिहान पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्कमा प्रशासनले उनलाई पक्राउ गर्ने र छाड्ने गर्दै आएको छ ।
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्