प्रलोपाकी उम्मेदवार केसीका ३३ बुँदे प्रतिबद्धतापत्र



कोहलपुर (बाँके) ।

बाँके क्षेत्र नम्बर १ की प्रगतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार कृष्णा केसी (नमुना)ले ३३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छन् । उन्नत विचारसहितको लोकतन्त्र भन्ने मूल मन्त्रसहित समावेशी लोकतन्त्र नीतिगत राजनीति, जनताको आवाज संसद्मा पु¥याउने प्रतिबद्धतासहित केसीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेकी हुन् ।

बाँके १ मा रहेका तीनवटा क्षेत्र कोहलपुर, राप्ती सोनारी र नरैनापुरको विकासका लागि बुँदागत रूपमा योजना समेटेर आफू निर्वाचित भएपछि ती काम पूरा गर्ने उनले प्रतिबद्धता जनाएकी छन् । कोहलपुर क्षेत्रको विकासका लागि उनले ९ वटा बुँदा समावेश गरेकी छन् । प्रतिबद्धतापत्रमा कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई छिटोभन्दा छिटो सम्पन्न गरी कोहलपुरलाई ‘कोहलपुरलाई खेलकुद पर्यटन’को केन्द्र बनाउने, शीतभण्डारको स्तरवृद्धि विज्ञान संग्रहालय स्थापना गर्ने, कोहलपुरमा रहेका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गनधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रियालाई टुंग्याउने उल्लेख गरिएको छ ।

कोहलपुर चौराहका ट्राफिक जाम अन्त्य गर्न नयाँ बसपार्कलाई थप अत्याधुनिक सुविधाजनक बनाउने, कोहलपुर गोल्डकप खेलकुद प्रतियोगितालाई खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रममा राखिने, कोहलपुरलाई कैलाश मानसरोवर यात्राको ट्रान्जिट हबको रूपमा विकास गरी स्थानीय पर्यटनको रोजगारी सिर्जना गर्ने, कोहलपुरमा निर्माणाधीन डाटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन र बागेश्वरी बहुमुखी क्याम्पसको स्तरोन्नति गरिनेछ ।

यसैगरी उनले राप्ती सोनारीका मुख्य १५ वटा मुद्दालाई प्रतिबद्धतापत्रमा समावेश गरेकी छन् । बाँके राष्ट्रिय निकुञ्ज र गाउँपालिकाबीचको द्वन्द्व (वन्यजन्तु आक्रमणक) न्यूनीकरण गर्न तारबार लगाउने र निकुञ्जलाई आर्थिक उपार्जनको स्रोत बनाउन विशेष कार्यक्रम सञ्चालन, राप्ती सोनारीमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचान गरी जग्गाको स्वामित्व दिइने, सिक्टा सिँचाइको बाँध क्षेत्रलाई राजमार्ग पर्यटकीय गन्तव्यको रूपमा थप व्यवस्थित गर्ने, थारू संग्रहालय बनाउने उल्लेख छ ।

हात्ती सफारी, अगैया, कुसुम र शम्शेरगन्ज गरी तीनवटा ठाउँमा आधुनिक र व्यवस्थित हाट बजार भवनहरू निर्माण गर्ने तथा गाउँपालिकामा अझै पनि बिजुली नपुगेका केही दुर्गम बस्तीमा राष्ट्रिय प्रसारण लाइन वा सौर्य ऊर्जा पु¥याउने जनाइएको छ ।

बाँके क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर क्षेत्रको विकासका लागि ९ बुँदामा उनले डिप बोरिङको वितरण र विस्तार तथा राप्ती नदीको पानीलाई नहरमार्फत नरैनापुरसम्म पु¥याउने योजना ल्याइने, मुस्लिम समुदायका छात्राहरूलाई लक्षित गरेर ‘छोरी पढाऔँ घर उज्यालो बनाऔँ’ कार्यक्रमलाई प्रभावकारी बनाउने, नरैनापुरमा बाँकी रहेका भित्री बस्तीहरूमा हुलाकी सडक पु¥याउने, नरैनापुरको उत्पादनलाई नेपालगन्जसम्म पु¥याउन कृषि एम्बुलेन्सको व्यवस्था, विशषेज्ञ सेवासहितको अस्पताल निर्माण, सन्तानेश्वर महादेवदेखि बर्फानी बाबासम्मलाई एउटै धार्मिक सर्किटमा जोड्ने गरी लुम्बिनी र मानसरोवरसँग जोड्ने गरी भारतीय पर्यटकको गन्तव्य बनाउने लगायतका योजना रहेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार