३० वर्ष कटेपछि रोनाल्डोले गरे ५०० गोल



काठमाडौँ ।

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् ।

रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै अल–नासर ८ जितका साथ साउदी प्रो लिगको शीर्षस्थानमा उक्लिएको छ ।

रोनाल्डोले आफ्नो करियरमा भने कूल ९६४ गोल गरेका छन् र १००० गोल पूरा गर्ने दुर्लभ कीर्तिमान हासिल गर्ने सम्भावना कायमै राखिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार