नेपालगन्ज ।
शुक्रबार बाँकेको नेपालगन्जस्थित ब्राइटहोप एकेडेमीका विद्यार्थीहरू झाडुसहित एका बिहानै सडकमा आए । लस्करै लागेर विद्यालय नजिकै रहेको यातायात कार्यालय नेपालगन्ज जाने बाटोमा पुगे र सडकमा झाडु लगाउँदै सरसफाई गरे।
ब्राइटहोप एकेडेमीले आफ्नो शैक्षिक क्यालेण्डरमै सामाजिक उत्तरदायित्वको काम गर्ने भनेर राखेको कार्यक्रमअनुसार वृहत् सरसफाई कार्यक्रम गरिएको विद्यालयका संस्थापक निर्देशक कुसुम रानाभाटले जानकारी दिए । उनले विद्यार्थीहरूलाई सामाजिक कामको अनुभव बढाउन र उनीहरूलाई प्रत्यक्ष सहभागी गराएर सिकाई गराउन उक्त कार्यक्रम राखिएको बताए ।
यसपटक सामाजिक उत्तरदायित्वको काम अन्तर्गत सरसफाई कार्यक्रम गरिएको उनले जानकारी दिएका छन् । ब्राइटहोपले संस्कारसहितको शिक्षालाई आफ्नो नारामै राखेकोले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने उनले बताएका छन् । उक्त विद्यालयले समय–समयमा विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको पनि उनले बताए ।









प्रतिक्रिया दिनुहोस्