सन् २०१४, २०२४ र २०२६ गरी तीनपटक विश्वकपमा सहभागिता जनाएको नेपालले कूल १० खेल खेलेको छ । २०१४ मा तीन खेलमा दुई जित र एक हार, २०२४ मा तीन खेलमा हार र एक नतिजाविहीन र २०२६ मा १ जित र ३ हारको नतिजा रहेको छ । तीमध्ये कूल ३ खेल जितेको छ । ७ खेलमा पराजित भएको छ । एक खेल नतिजाविहीन छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
नेपालीमा एउटा भनाइ छ ‘१२ वर्षपछि खोला पनि फर्किन्छ ।’ नेपालको क्रिकेटको इतिहासमा पनि यस्तै भएको छ । त्यो हो, भारत र श्रीलंकामा जारी आइसीसी टी २० विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपालको ऐतिहासिक जित । ठ्याक्कै १२ वर्ष भयो, विश्वकपमा जित्न बिर्सिएको थियो नेपालले । कतिपटक त जितको नजिक पुगेर पनि दुर्भाग्यशाली रह्यो । कहिले वर्षा बाधक बनिदिने । कहिले लज्जास्पद हार ।
कहिले ब्याटिङ र बलिङ नचल्ने । कहिले फिल्डिङसमेत सुपर फ्लप । नेपाली क्रिकेट टिमप्रति प्रश्न चिन्ह खडा भइसकेको थियो । आखिर विश्वकपमा कहिले जित्ने नेपाल ? १२ वर्षदेखिको संघर्ष, सकस र चुनौतीपूर्ण समय बिताएर मंगलबार राति भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा १७ हजारभन्दा बढी समर्थकहरुका अगाडि नेपालको जितको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ नेपालको क्रिकेट इतिहासमा । स्कटल्यान्डविरुद्ध ७ विकेटको जुन सानदार जित निकाल्यो नेपालले ।
नेपालको त्यो जितको महत्व कति छ भन्ने कुरा ति खेलाडीहरुलाई मात्र थाहा छ । जितको महशुस नै गर्न नपाएका नेपालका क्रिकेट फ्यानहरुलाई मात्र थाहा छ । मंगलबारको ऐतिहासिक जितको कहानी लेख्नुभन्दा अघि फर्किनुपर्छ सन् २०१४ को विश्वकपमा । सन् २०१४ मा पहिलोपटक बंगलादेशमा विश्वकप आयोजना भएको थियो । नेपालले पहिलो संस्करणमै सहभागिता जनायो । सहभागिता मात्रै जनाएन ।
दुई खेलमा जितसमेत हासिल ग¥यो । हङकङ र अफगानस्तानलाई हराएको नेपाल आयोजक बंगलादेशसँग पराजित हुन पुगेको थियो । बंगलादेशसँगको त्यो हार नेपालका लागि निकै पीडादायी बन्न पुग्यो । त्यसपछि जित निकाल्न ठ्याक्कै १२ वर्ष कुर्नुप¥यो नेपालले । १२ वर्ष निकै लामो समय हो, समयका हिसाबले । सन् २०१४ देखि २०२६ सम्म आइपुग्दा नेपाली क्रिकेटले थुपै्र उतारचढाव व्यहोरेको छ ।
सन् २०१४ मार्च १६ तारिखका दिन चितागोङस्थित जहुर अहेमद चौधरी स्टेडियममा नेपालको पहिलो खेलमै नेपालले हङकङलाई ८० रनले हराएर विश्वकप डेब्यूलाई शानदार बनाएको थियो । त्यसपछि नेपाल आयोजक बंगलादेशसँग पराजित भयो । तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले स्तब्ध पार्दै पहिलो सहभागितामै २ खेल जितेको थियो ।
सन् २०२४ मा अमेरिका–वेस्ट इन्डिज विश्वकप त नेपालका लागि बिर्सनलायक रह्यो । सन् २०१४ पछि २०२४ मा १० वर्षपछि विश्वकपमा सहभागिता जनाएको नेपालको अमेरिका यात्रा सुखद रहन सकेन । विश्वकपमा समूह चरणको चारमध्ये तीनवटा खेलमा नेपाल पराजित भएको थियो । समूह चरणको पहिलो खेलमै नेदरल्यान्डसँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रन र बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।
श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन । हाल भारत र श्रीलंकामा जारी विश्वकपमा समूह ‘सी’मा नेपालसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटली र स्कटल्यान्ड थिए । माघ २५ गते समूह चरणको आफ्नो पहिलो खेलमा दुईपटकको विश्वकप विजेता इंग्ल्यान्डसँग ४ रन, २८ गते नवप्रवेशी इटलीसँग १० र फागुन ३ गते दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । फागुन ५ गते भएको आफ्नो अन्तिम खेलमा भने नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित ग¥यो ।
तोड्यो विश्वकपमा हारको श्रृंखला 
मंगलबार भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा समूह चरणको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ९ विकेटले पराजित गर्दै नेपालले आफ्नो १२ वर्ष लामो हारको श्रृंखला तोडेको छ । नेपाल सन् २०१४ मा बंगलादेशसँगको हारपछि त्यसयताका दुई विश्वकपमा लगातार जितविहीन थियो । तीन विश्वकपमा नेपाल लगातार सातमा पराजित भयो ।
१२ वर्षपछि आठौँ खेलमा आएर स्कटल्यान्डलाई पराजित गरेर ऐतिहासिक जित निकाल्दै हारको श्रृंखला तोडिएको हो । जारी विश्वकपमा लगातार तीन खेलमा पराजित भएपछि नेपाल सुपर ८ को होडबाट बाहिरिसकेको थियो । आफ्नो प्रमुख लक्ष्यबाट विमुख भएको नेपाललाई स्कटल्यान्डविरुद्धको खेल जितेर विश्वकपको सुखद् बिदाइ गर्ने मौका थियो ।
त्यो ऐतिहासिक मौकाको नेपालले सदुपयोग पनि ग¥यो । जारी विश्वकपमा लगातार तीन खेलमा टस हारेर पहिला ब्याटिङ गरे पनि स्कटल्यान्डविरुद्धको खेलमा भने नेपालले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दियो । स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितको लागि दिपेन्द्रसिंह ऐरीले नायकीय खेल प्रदर्शन गरे ।
उनले स्कटल्यान्डविरुद्ध अर्धशतकसमेत बनाउन सफल रहे । जुन ऐरीको जारी विश्वकपमा दोस्रो अर्धशतक हो । उनले वेस्ट इन्डिजविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए । स्कटल्यान्डविरुद्ध उनले २३ बलमा ५० रन बनाउँदै अविजित रहे । ऐरीसँग महत्वपूर्ण साझेदारी गरेका गुल्झन झा २४ रनमा अनआउट रहे । नेपाललाई जिताउने क्रममा दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने गुल्सनले १७ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।
१७१ रनको लक्ष्य पछ्याएको नेपालले स्कटल्यान्डविरुद्ध सुखद् सुरुवात गरेको थियो । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ खेलले पहिलो विकेटका लागि ७४ रनको महत्वपूर्ण साझेदारी गरे । दशौँ ओभरमा आउट हुनुअघि भुर्तेलले ३५ बलमा एक छक्का र ४ चौकासहित ४३ रन बनाए । अर्का ओपनर आसिफ शेखले २७ बलमा २ छक्काको मद्दतमा ३३ रन जोड्न सफल भए ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । भुर्तेल, शेख र पौडेलको विकेट स्कटल्यान्डका एउटै खेलाडीले लिएका थिए । माइकल लिस्कले ३ ओभरमा मात्र १० रन दिँदै ३ विकेट लिएर । निकै घातक बलिङ गरेका लिस्क भने १६औँ ओभरमा आफ्नो अन्तिम स्पेल गरेका लिस्कलाई दीपेन्द्रसिंह ऐरीले दुई छक्का र एक चौका प्रहार गर्दा उनले गुल्सन झासँग मिलेर कूल २० रन प्रहार गरेका थिए ।
नेपालको जितमा भने दिपेन्द्र र गुल्झनको साझेदारी निर्णायक बन्यो । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनिङ ब्याटर माइकल जोन्सले अर्धशतक प्रहार गर्दै सबैभन्दा धेरै ७१ रन जोडे । जर्ज मुन्सी २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
यस्ता छन् नेपाली खेलाडीका कीर्तिमान 
१२ वर्षपछि विश्वकपमा जित निकाल्दा नेपाली खेलाडीहरुले धेरै कीर्तिमान बनाए । त्यस्तो कीर्तिमान बनाउनेमा अग्रस्थानमा रहे नेपालका उपकप्तान दिपेन्द्रसिंह ऐरी । स्टकल्यान्डविरुद्ध ऐरीले २३ बलमा ५० रन बनाउँदै अर्धशतक बनाए । उनी विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने खेलाडी बनाएर कीर्तिमान बनाए । उनले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यसअघि कुनै पनि नेपाली खेलाडीले दुईवटा अर्धशतक प्रहार गरेका थिएनन् । ऐरी विश्वकपमा अर्धशतक प्रहार गर्ने समग्रमा दोस्रो नेपाली खेलाडी हुन् ।
पहिलो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान भने सुवास खकुरेलको नाममा छ । उनले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका थिए । ऐरी विश्वकपमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीसमेत बने । स्कटल्यान्डविरुद्ध नेपालका कुशल भुर्तेल सर्वाधिक ६ छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गरे पनि ऐरी उनको रेकर्ड तोड्दै छक्का प्रहारको संख्या सात पु¥याए ।
नेपालले स्कटल्यान्डविरुद्धको खेलमा अर्को कीर्तिमान पनि बनायो । त्यो हो, नेपालका खेलाडीका विश्वकपमा पहिलो विकेटका लागि गरेको ७२ रनको साझेदारी । यो कुनै पनि नेपाली खेलाडीले गरेको सबैभन्दा धेरै रनको साझेदारी हो । इंग्ल्यान्डविरुद्ध ३७ रनको साझेदारी गरेका नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले हालसम्मकै उच्च योगफल बनाएका हुन् । सोमपाल कामी विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने । स्कटल्यान्डविरुद्ध महत्वपूर्ण ३ विकेट लिएका सोमपालले सो संख्या १० पु¥याए ।
यसअघि सर्वाधिक ८ विकेट लिने रेकर्ड दिपेन्द्रसिंह ऐरीको नाममा थियो । यसैगरी कुशल भुर्तेलले विश्वकपमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाए । उनले सर्वाधिक चार छक्का प्रहार गरे । उनले ३ छक्का प्रहार गर्दै ऐरीले यसअघि बनाएको रेकर्ड तोडेका हुन् । म्यान अफ द म्याच बनेका दीपेन्द्रसिंह ऐरीले आफ्नो ५० रनको इनिङमा बाउन्ड्री (चौका र छक्का)बाट मात्र ३४ रन जोडे । नेपालले जारी विश्वकपमा केही खराब रेकर्डसमेत बनायो ।









प्रतिक्रिया दिनुहोस्