नेपालगन्जमा अवैध भारतीय अण्डा छ्यापछ्याप्ती



नेपालगन्ज ।

नेपालगन्जमा संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनमा अवैध भारतीय कुखुराको अण्डा विभिन्न पसलहरूबाट फेला परेका छन् । नेपाल सरकारले अवैध तोकेको भारतीय कुखुराको सेतो अण्डा नेपालगन्ज भन्सार क्षेत्रका अधिक पसलमा अनुगमनका क्रममा फेला परेपछि बरामत गरिएको थियो ।

पशु क्वारेन्टाइन कार्यालय बाँके नेपालगन्जको मुख्य आयोजनामा भएको संयुक्त अनुगमन टोलीले १७ बढी मासु तथा होटल र पसलमा अनुगमन गरी सचेत गराउँदै केही पसललाई कारबाहीस्वरूप अण्डा जफत गरी नष्ट गरिएको क्वारेन्टाइन कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्दु रेग्मीले जानकारी दिइन् ।

टोलीले १५ क्यारेट बढी अण्डा बरामद गरी नष्ट गरेको थियो । अनुगमन टोलीले बजारमा अनुगमन गर्दा पसल सञ्चालकले पहिले जानकारी दिएर अनुगमन गर्न आउनुपर्ने भन्दै केहीबेर विवादसमेत गरेका थिए । टोलीले भन्सारस्थित मासु पसलमा समेत निरीक्षण गरेको थियो ।

प्रमुख वरिष्ठ पशु चिकित्सक हरेराम यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले मासु बिनादर्ता सञ्चालन गरेका पसल पाइएका, सरसफाइमा कमी रहेका, नवीकरण नगरेका र बीलबिजक सही नराखेको पाइएको भेटेरिनरी निरीक्षक डा. गणेश पुनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार