काठमाडौँ ।
माया खोला हाईड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच मायाखोला हाईड्रोपावरको हकप्रद सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले मायाखोला हाईड्रोपावर लिमिटेडको एक करोडको कित्ता हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिन गर्नु पर्ने कार्यहरू तथा अनुमतिपश्चात्को बिक्री प्रबन्धकको कार्यहरू गर्नेछ । यस कम्पनीको स्थापना २०६७ सालमा प्रालिको रूपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो ।
यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेघावाट क्षमताको मायाखोला हाईड्रोपावर आयोजनको निर्माणगरी २०८० असारदेखि विद्युत् उत्पादन गरि नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आइरहेको छ । यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्