मतदाता शिक्षा कार्यक्रम सुरु



प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा दिन सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम कार्यक्रम सुरु भएको हो ।

फागुन १७ गतेसम्म देशभरका सात सय ५३ स्थानीय तहका छ हजार सात सय ४३ वडामा मतदाता शिक्षा कार्यक्रम हुनेछन् । त्यसका लागि निर्वाचन आयोगले एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको जनाएको छ । स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।

मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरण गर्न मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्ने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार