डायनामिक सेकेण्डरी स्कुलको २१औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न



कोहलपुर (बाँके) ; कोहलपुर–११स्थित डायनामिक सेकेण्डरी स्कुलको २१औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार एक समारोहकाबीच विविध कायर्यक्रम आयोजना गर्दै वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । दिवसको उद्घाटन कोहलपुर नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख रविलाल मिजारले गरेका थिए ।

दिवस समारोहका प्रमुख अतिथिसमेत रहेका शाखा प्रमुख मिजारले डायनामिक स्कुल कोहलपुर क्षेत्रकै उत्कृष्ट रहेको बताए । नगरस्तरीय परिक्षाहरूमा डायनामिक सेकेण्डरी स्कुलले उत्कृष्ट नतिजा ल्याउँदै आएको उनले बताए । शाखा प्रमुखका अनुसार आजका विद्यार्थी भोलीका कर्णदार हुन् । उनले भने,‘अहिलेको समय प्रविधिको हो । विद्यार्थीलाई प्रविधिबाट निषेध गर्ने होइन । प्रविधिमार्फत सिकाइमा केन्द्रीत गराउन आवश्यक छ ।’ अभिभावकले आफ्ना छोराछोरीलाई भविष्यलाई ध्यान दिन आवश्यक रहेकोमा उनले जोड दिए ।

डायनामिक सेकेण्डरी स्कुल सञ्चालक समितिका अध्यक्ष इश्वरप्रसाद पोखरेल स्कुल र अभिभावकको सपना र उद्देश्य एउटै रहेको बताए । स्कुलले प्रविधिमैत्री शिक्षणलाई प्राथमिकता दिएको उनको भनाइ थियो । ‘विगत २१ वर्षदेखि हामी शिक्षण गराइरहेका छौ । दक्ष जनशक्ति उत्पादन हाम्रो प्रमुख लक्ष्य हो । त्यसैले शिक्षक,विद्यार्थी,अभिभावकको सहकार्य आवश्यक छ,’उनले भने । आगामी दिनमन पनि गुणस्तरीय शिक्षामा सक्रिय भएर लाग्ने उनले प्रतिबद्धतासमेत गरे । उक्त समारोहमा बोल्दै संस्थापक मञ्जु कोइरालाले अभिभावकले आफ्ना छोराछोरी स्कुल पठाउने मात्रै नभएर घरमा समेत राम्रो रेखदेख गर्न आग्रह गरिन् । उनका अनुसार विद्यार्थीको पहिलो विद्यालय घर हो । त्यसैले घरमै राम्रो शिक्षा दिनुका साथै विद्यालयले पनि विद्यार्थीलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

दिवससमा विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै पुरस्कारसमेत वितरण गरिएको थियो । गत वर्ष कक्षा नसर्सरीदेखि कक्षा दशसम्म प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको स्कुलका प्रिन्सिपल रविन्द्र रेग्मीलेले बताए । उनका अनुसार सो अवसरमा स्कुलमा लामो समय सेवा गरेका दुईजना व्यक्तिलाई सम्मान गरिएको थियो ।  पुरस्कृत हुनेमा ११ वर्षदेखि स्कुलको सहायक प्राचार्य रहेका सञ्जिव पौडेल र २०६४ देखि २०८२ सम्म कार्यालय सहयोगीको रूपमा सेवागरी उमेरहदका कारण सेवानिवृत्त भएका  झुवलाल खत्रीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । २१औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोहमा अभिभावक,विद्यार्थी र शिक्षकहरू सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार