काठमाडौँ ।
तल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेको प्याब्सन लुम्बिनी र मधेशले यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा सफलता पाएको छ । लुम्बिनीले प्याब्सन कोशीलाई ४ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा अलआउट हुनुअघि १ सय ४९ रनको बनायो । कोशीका उत्तम राजवंशीले ५६ र प्रज्ज्वल अधिकारीले ५१ रन जोडे । अकाश यादवले १७ रन बनाए ।
लुम्बिनीका हिमाल देवकोटा र बासुदेव यादवले समान २–२ तथा सरिक अलीले १ विकेट हात पारे । लुम्बिनीले ६ विकेट क्षतिमा १९.१ ओभरमा १ सय ५३ रन बनायो । अमितकुमार यादवले ४६, समीरजंग ठकुरीले ३५ र प्लेयर अफ द म्याच वासुदेव यादवले ३१ रन जोडे । कोशीका मोहम्मद आयान आलमले २, आकाश यादव र दिवस विष्टले १–१ विकेट लिए ।
प्याब्सन काठमाडौँद्वारा आयोजित प्रतियोगितामा मधेशले प्याब्सन कर्णालीलाई १० विकेटले हरायो । मधेशको यो लगातार दोस्रो जित हो । पहिले ब्याटिङ गरेको कर्णाली १०.५ ओभरमा २३ रनमै अलआउट भयो । विपिन शाहीले ८ र कुशल रोकायाले २ रन बनाए । बलिङमा मधेशका प्लेयर अफ द म्याच खिलराज सर्राफले ५, दिलराज यादवले २, अफ्ताव मिया र समीर देवानले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा मधेशले कुनै विकेट नगुमाई १.२ ओभरमा लक्ष्य भेटायो । निखिल मण्डलले १६ र मौसम अन्सारीले २ रन जोडे । ६ बल खेलेका निखिलले २ चौका र १ छक्का प्रहार गरे । आज शनिबार लुम्बिनीले आयोजक काठमाडौँ तथा कर्णालीले बागमतीविरुद्ध खेल्नेछन् ।









प्रतिक्रिया दिनुहोस्