काठमाडौँ ।
ओपो नेपालले फ्ल्यागसिप स्मार्टफोन ओपो रेनो–१५ फाइभ जी बजारमा सार्वजनिक गरेको छ । प्रिमियम सेग्मेन्टलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोन आधुनिक डिजाइन र प्रयोगकर्ता–केन्द्रित उच्चस्तरीय विशेषतासहित प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । ओपो रेनो–१५ फाइभ जी मा ६.५९ इन्चको फुल एचडी एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्ज रिफ्रेस रेट र १२०० निट्ससम्मको उच्च ब्राइटनेस छ ।
यसमा क्वालकम स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ । स्मार्टफोनमा ६५०० एमएएच ब्याट्री र ८० वाट सुपरभुक फास्ट चार्जिङ सुविधा दिइएको छ । फोटोग्राफीका लागि अप्टिकल इमेज स्टेबलाइजेसनसहितको ५० मेगापिक्सल मुख्य क्यामरा, ५० मेगापिक्सल टेलिफोटो र ८ मेगापिक्सल अल्ट्रा–वाइड क्यामरासहित ट्रिपल रियर क्यामरा सेटअप छ ।
अगाडि ५० मेगापिक्सल फ्रन्ट क्यामरा छ, जसले ४के भिडिओ रेकर्डिङ सपोर्ट गर्छ । कलरओएस १६ मा आधारित यस स्मार्टफोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट, फाइभजी नेटवर्क, वाइफाइ ६, ब्लुटुथ, एनएफसी तथा डुअल सिम सुविधा उपलब्ध छन् । ओपो रेनो १५ फाइभ जी नेपालभरका ओपोका आधिकारिक स्टोर तथा साझेदार च्यानलहरूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्