नेपालपे कार्ड जारी गर्ने सिटिजन्स बन्यो पहिलो ‘ईएफटी’ सदस्य बैंक



काठमाडौँ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को ईएफटी सदस्यका रूपमा नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच सिटिजन्स बैंक र एनएचएलबीच यससम्बन्धी सम्झौता भएको हो ।

राष्ट्रिय कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम र ईएफटी स्विचमार्फत नेपालपे कार्ड सञ्चालनका लागि दुई संस्थाबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

यो सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकले छिट्टै नेपालको आफ्नै कार्ड स्किम ‘नेपालपे कार्ड’ प्राप्त गर्नेछन् । साथै, अब सिटिजन्स बैंकका एटीएम तथा पीओएस टर्मिनलमा नेपालपे कार्डका अतिरिक्त डिस्कभर, डाइनर्स र पल्सजस्ता अन्तर्राष्ट्रिय कार्ड पनि चल्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार