नेपालगन्ज ।
नेपाली काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा आज मंगलबार नेपालगन्ज आउने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाली काँग्रेसले केन्दीय नेताहरूलाई जिल्ला–जिल्लामा खटाएअनुसार शर्मा नेपालगन्ज आउने भएका हुन् । शर्मा विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएपश्चात पहिलोपटक बाँके आउन लागेका हुन् ।
नेपाली काँग्रेस बाँकेको निर्वाचन परिचालन प्रचारप्रसार मूल समितिका अनुसार मंगलबार नेपालगन्जमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई उपसभापति शर्माले सम्बोधन गर्नेछन् ।
नेपालगन्ज वीपी चोकस्थित लिला प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना हुने नेपाली काँग्रेस, बाँकेका कार्यवाहक उपसभापति गोपालप्रसाद अधिकारीले जानकारी दिएका छन् । कार्यक्रममा जिल्लास्तरीय अगुवा कार्यकर्ताहरूका साथै पार्टीका विभिन्न तहमा रहने नेता तथा कार्यकर्ताहरूको सहभागगिता रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्