साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित



पोखरा । पोखरामा आजदेखि सुरु भएको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा घरेलु मैदानमा नेपाल भारतसँग पराजित भएको छ ।पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको दोस्रो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो । भारतकी पर्ल फर्नान्डेजले खेलको ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नेपालविरुद्ध भारत खेलभर नै हाबी बनेपनि थप गोल गर्न सकेन ।

पहिलो हार बेहोरको नेपालले अब दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । सोमबार नै बंगलादेश र भारतबिच खेल हुनेछ । यसअघि आजै भएको पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो । बंगलादेशका लागि मोस्ट मुन्की अख्तरले ह्याट्रिकसहित ४ गोल गर्दा श्री मोति तृष्णा रानी र अल्पी अख्तरले पनि ह्याट्रिक पूरा गरे । अर्पिता विश्वास अर्पिता र मामोनि चक्माले एकएक गोल गरे ।सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार