काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दल र तिनका जिम्मेवार व्यक्तिहरूबाट भइरहेका घृणाजन्य अभिव्यक्ति रोक्न निर्देशन दिएको छ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि विभिन्न राजनीतिक दलका नेताहरूबाट एक-अर्काप्रति आक्षेप लगाउने, घृणा फैलाउने र अमर्यादित आरोप-प्रत्यारोप गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको हो।
निर्वाचनको समयमा दिइने यस्ता घृणाजन्य अभिव्यक्तिले समाजमा अराजकता फैलाउने र मुलुकको शान्ति सुरक्षाको अवस्थालाई समेत थप चुनौतीपूर्ण बनाउने आयोगको ठहर छ।विचार र अभिव्यक्तिको स्वतन्त्रता भए तापनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्ने विषयलाई विशुद्ध अभिव्यक्ति स्वतन्त्रता मात्र मान्न नसकिने आयोगले स्पष्ट पारेको छ। आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार र आत्मसम्मानमा पर्न सक्ने असरप्रति जिम्मेवार बन्न आयोगले सचेत गराएको छ।









प्रतिक्रिया दिनुहोस्