मोटरसाइकल दुर्घटनामा परेर प्यूठानका एक जना युवाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका ४ बुढाचौरका २८ वर्षीय विराट सुनारको दुर्घटनामा परेर मृत्यु भएको हो । प्रहरीका अनुसार बाग्मती प्रदेश ००३प १६२२ नम्बरको मोटरसाइकलमा सवारी उनी दुर्घटनामा परेका हुन् ।
मोटरसाइकल अनियन्त्रित भई हिजो बेलुकी सडक नजिकै बारीमा पुगेका सुनारलाई स्थानीयहरूले आइतबार बिहान मात्रै देखेका थिए । बिहान सुनार सुनार मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्