नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । आइतबार दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शनिबार सुनको मूल्य तोलामा तीन लाख एक हजार चार सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ । शनिबार प्रतितोला ६ हजार एक सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला ६ हजार चार सय ८० रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्