ओलीले भने : गगन थापा र बालेन शाहसँग सार्वजनिक बहसका लागि तयार छु



काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसका लागि आफू तयार भएको बताएका छन्।प्रधानमन्त्रीका उम्मेदवारहरूले सार्वजनिक बहस गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेला शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रत्यक्ष प्रसारण हुने गरी खुला बहसका लागि आफू तयार भएको बताएका हुन्।

उनलाई एक जना पत्रकारले सार्वजनिक संवादका लागि तपाईं तयार हो ? भनेर प्रश्न गरेका थिए।
जबाफमा ओलीले त्यस्तो कार्यक्रम आवश्यक रहेको बताए।
त्यसो भए हजुर तयार हो ? पत्रकारले फेरि प्रश्न गरे।
‘बिल्कुल’ जबाफमा ओलीले भने।
नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी चुनावमा जाने निर्णय गरेको थियो।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार