पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले उज्यालो नेपाल पार्टी छाडेका छन् । उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य रहेका थेगिमसहित अर्का केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री)ले विज्ञप्ती जारी गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
काठमाडौँ ।
पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले उज्यालो नेपाल पार्टी छाडेका छन् । उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य रहेका थेगिमसहित अर्का केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री)ले विज्ञप्ती जारी गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी पार्टीभित्र आन्तरिक लोकतन्त्रको कमजोरी, विधि–प्रक्रियाको अस्पष्टता तथा पहिचानसम्बन्धी एजेन्डाहरुमा स्पष्ट र लिखित धारणा प्रस्तुत हुन नसकेको बताएका छन् ।
‘हाम्रो वैचारिक प्रतिबद्धता र आदर्शहरूबाट विचलन भइरहेको अनुभूति ग¥यौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ,’ समानुपातिक बन्द सूचीको उम्मेदवार डकेन्द्रसिंह थेगिमको समेत आजकै मितिबाट उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र रूपमा अगाडि बढ्ने निर्णय लिएको सार्वजनिक रूपमा घोषणा गर्दछौँ ।’ थेगिमसहितका नेताहरूले आगामी कार्यक्रम पनि घोषणा गरेका छन् ।
उनीहरूले एकतापूर्वको संयुक्त पहिचानवादी मोर्चालाई पुनः विस्तार गर्दै बृहत् पहिचानवादी आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने बताएका छन् । त्यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूको घोषणा पत्रमा अनिवार्य रूपमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिकप्रति स्पष्ट प्रतिबद्धता गराउन दलहरूमाथि दबाब सिर्जना गर्ने नीति लिएको छ ।
त्यसैगरी ‘नो कोशी, नो केबलकार’ अभियान अन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक–सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरूद्ध एकताबद्ध प्रतिरोध गर्ने उनीहरूले जनाएका छन् । ती एजेन्डाहरू दलको घोषणापत्र र उम्मेदवारको प्रतिबद्धतापत्रमा पनि अनिवार्य रूपमा समावेश गराउन पहल गर्ने उनीहरूले बताएका छन् । त्यस्ता एजेन्डा नबोक्ने दल र उम्मेदवारहरू विरूद्ध नो एजेन्डा, नो भोट अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
अभियानअन्तर्गत ‘नो एजेन्डा, नो भोट’, ‘नो कोशी नो भोट’ उल्लिखित पर्चा वितरण तथा घरदैलो गरिने उनीहरूले विज्ञप्तीमार्फत जनाएका छन्। त्यससँग सम्बन्धित अन्तक्र्रिया र छलफलसँगै नो भोट सम्बन्धी जनसभा तथा कोणसभा गर्ने घोषणा उनीहरुले गरेका छन् । उज्यालो नेपाल र रास्वपाबीचको एकता भाँडिएपछि पनि थेगिम उज्यालो नेपाल पार्टीमै आबद्ध भएका थिए ।









प्रतिक्रिया दिनुहोस्