कोहलपुरमा नयाँ हस्पिटालिटीसहित होटल पिबिआर सञ्चालनमा



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ दशबिघा नजिकै नयाँ हस्पिटालिटीसहित होटल पिबिआर सञ्चालनमा आएको छ । सुविधासम्पन्न हस्पिटालिटीसहित होटल पिबिआर सञ्चालनमा आएको हो । लामो समय हस्पिटालिटी क्षेत्रमा काम गरेका तिलक शाही लगायतका चारजना मिलेर उक्त सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।

कोहलपुरको हस्पिटालिटी क्षेत्रभन्दा फरक तरिकाले सञ्चालनमा ल्याइएको शाहीले जानकारी दिए । स्वदेशमा केही गर्ने उद्देश्यले कोहलपुरकै स्थानीय युवाहरू मिलेर होटल पिबिआर सञ्चालनमा ल्याएको उनी बताउँछन् । ‘स्वदेशमा केही गरेर खान सकिन्छ भनेर होटल पिबिआर सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘त्यसैमाथि कोहलपुरका स्थानीय समेत भएकाले सबैको सहयोगको अपेक्षा गरेका छौँ । त्यसैले एकपटक सेवा गर्ने मौका दिनुहोस् ।’

कोहलपुरमा सुविधासम्पन्न हस्पिटालिटी नरहेको बताउँदै उनले त्यसको लागि होटल पिबिआर सञ्चालनमा आएको बताए । लिफ्टसहितको सुविधा भएको होटलमा २१ वटा रुम, २५ जना अट्ने क्षमताको कर्णाली हल, १ सय २० जना अट्ने लुम्बिनी हल रहेको जानकारी दिए । मल्टी डाइनिङ रेस्टुरेन्ट र रुफटप रेस्टुरेन्टसहित होटल सञ्चालनमा ल्याएको अर्का सञ्चालक जगत विसीले बताए ।

कोहलपुरमा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच र भिजनका साथ होटल पिबिआर सञ्चालनमा ल्याइएको उनको भनाइ छ । बाल्यकालदेखि सँगसँगै पढेका चारजना साथीहरू मिलेर होटल सञ्चालनमा ल्याइएको उनले बताए । होटलमा आउने ग्राहकदेखि सेवाग्राहीलाई खुसी बनाएर न्यानो आथित्यतासहित अर्गानिक र गुणस्तरीय खाना खुवाइने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार