धनगढी ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीका विभिन्न निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन पत्र दर्ता गराएका छन्। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार जिल्लाका ५ वटै क्षेत्रमा मुख्य दल, साना दल र स्वतन्त्र उम्मेदवारहरूको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
रेशम चौधरीको पुनरागमन नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन। सोही क्षेत्रबाट उज्यालो नेपाल पार्टीका प्रदिप कुमार चौधरी र नेपाल मजदुर किसान पार्टीकी २५ वर्षीया सुनिता भण्डाराले पनि मनोनयन दर्ता गराएका छन। भण्डारा यस सूचीकै सबैभन्दा कान्छी उम्मेदवार हुन। पुराना र नयाँ अनुहारको मिश्रण क्षेत्र नं २ मा ७४ वर्षीय ज्येष्ठ उम्मेदवार दल बहादुर बुचामगरले नेशनल रिपब्लिक नेपालबाट उम्मेदवारी दिए ।
सोही क्षेत्रमा ‘सरसफाई अभियन्ता’ का रूपमा चिनिने २६ वर्षीय युवा केपी खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिए । क्षेत्र नं ३ मा नेपाली कांग्रेसका भिम बडुवाल र मितेरी पार्टी नेपालकी शुसिला थापा मगरले उम्मेदवारी दिएका छन । स्वतन्त्र र वैकल्पिक शक्तिको आकर्षण क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि प्रसाद रेग्मी र राष्ट्रिय जनमोर्चाका हेम राज भट्टसहित ५ जनाको उम्मेदवारी परेको छ। यता क्षेत्र नं ५ मा प्यारे लाल राना र जनक राज पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
यस क्षेत्रमा मितेरी पार्टी र नेमकिपाले महिला उम्मेदवारहरूलाई मैदानमा उतारेका छन्। मितेरी पार्टीबाट राधिकाकुमारी कार्कीले मनाेनयन दर्ता गरेकी छिन । क्षेत्र नम्बरबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट आन्नद चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम आले मगर, नेपाली काँग्रेसबाट नरनारायण शाह (मनु) र नेपाल कम्युनिष्ट पार्टी विप्लबबाट बबरजंग सिंहले उम्मेदवारी दर्ता गराएका छन । समावेशी सहभागिता सार्वजनिक १८ जनाको सूचीमा ५ जना महिला उम्मेदवारहरू रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्