रास्वपाका प्रवक्ता मनिष झाले धनुषा-३ मा गराए उम्मेदवारी दर्ता



धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

रास्वपा मधेश प्रदेश संगठन विभागका उपप्रमुख अम्बुप्रसादसहित दिउँसो साढे १ बजे महेन्द्रनारायण निधि मैथिली सास्कृति केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मुलुकमा सुशासन, परिवर्तन र संविधानको संस्थागत अभ्यासका लागि आफूले उम्मेदवारी दिएको झाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार