कमल थापाले गराए उम्मेदवारी दर्ता



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।थापाले काठमाडौं क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

थापाले   काठमाडाैं ५ बाट  प्रत्यक्षबाट उम्मेदवारी दिएका हुन् । थापाको पार्टी राष्ट्रिय पूजातन्त्र पार्टी नेपाल राप्रपामा समाहित भएपछि काठमाडौं ५ बाट टिकट पाएका थिए ।

अन्य दलबाट पनि उम्मेदवारी दर्ता  गराउने क्रम चलिरहेकाे छ ।देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा  साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार