हर्क साम्पाङले दिए राजीनामा



श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान उपमहानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका छन् । पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले मेयर पदबाट राजिनामा दिएका हुन् ।

आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाउँदै उनी उपमहानगरपालिकाबाट विदा भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार