धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु



धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । धरानको जिरोप्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस श्री कृष्ण प्रणामी मन्दिरको सटरमा रहेको न्यू सभा मेडिलकमा गएर ठोक्किँएको थियो ।

मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार