संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड



काठमाडौँ, पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिएका छन् । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताए ।
उनले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गर्नुभएको भूमिकाको सराहना गरे । साथै उनले सम्पादक समाज नेपाली  समाजलाई उन्नतिको मार्गमा रुपान्तरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए ।
फरक प्रसङ्गमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार