छ्यासमिस र बिभाजन गन्जगोलको गोल !!



विष्णु पादुका 

पानी पिठो र भाँडो , चामल दाल र नुन तेल सबै खानेकुरा हुन् । पकाउने कुरा हुन् । कसरी पकाउने कहाँ पकाउने र कहिले खाने ?
मिसमास र बिभाजन गजवका हतियार रहेछन् । पढेका भन्दा परेकै कुरा लेख्छु आज । सुनेका भन्दा देखेकै कुरा लेख्छु । केन्द्र बाट होइन तल्लो सतहबाट देखिने कुरा । छत्तीस सालको चुनावको लाइन देखेँ । अठचालीस सालमा त भोट हाल्ने लाइनमै उभिएँ । त्यसपछि र पार्टीका सदस्यताले साथ नै दियो । पार्टीको जुठो यति धेरै फैलियो कि वातावरण नै प्रदुषण हुन पुग्यो । साम्यवादले होस् या समाजवादले होस् बिभाजनको दुई धारे हतियारमा मनपरि सान लगाए । कहिले कथित शत्रु काटिए कहिले स्वयं । शत्रुताको छनोट भयो चुनाव भन्नू पनि । जिते भ्रष्टाचारी हारे स्वस्छ एउटा आँखा । हार्नेको उछितो काढ्ने अर्को दाउ । जसरी कृषीमा कल्चर प्रविधी बिकास भयो त्यसैगरी राजनीतिमा पनि कल्चर भित्रीयो । एकै परिवारमा सबै पाटीको बीउ रोपियो । घरको धुरीमा सबै पाटिका झन्डा फहराए । प्रतिद्वन्द्व ले जन्ती र मलामी हुन समेत रोक्यो । गाउँ ठाउँका बाटो समेत छानेर हिड्नुपर्ने छिमेकीका आँखाले बनाए । बहुदल ,लोकतन्त्र र गणतन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएका कागज पर्चा र किताब बने बनाइए । मान्छेले लेख्न सिके । बोल्न सिके । कुरा मिलाएर बोल्न जान्ने बाठोमा दरिए । काम नगरी खान पुग्नेको एउटा स्तर बन्यो । एउटा भिन्न समाज बन्यो । प्रविधी र विकासले पनि मान्छेलाई कम परिश्रम गरे पुग्ने अवस्थामा ल्यायो । परिश्रम गरि खाने पुस्ता बिस्तारै छानिएर सबैभन्दा गरिब भनेर गनिन थाल्यो ।

नेपाली समाजको आर्थिक बिभाजन सजिलो गरि गरियो । गाउँ र शहर । मुख्य शहर र गल्ली , राजधानी र राजधानी बाहिर । गाउँको पनि केन्द्र , सदरमुकाम र टाढाका बस्ती बिच स्पष्ट दुरि र असमानता बढ्दै गए । मानिसहरू सहर मुखी हुँदै गए । गाउँहरू सहरका साना कोठामा घुस्रन बाध्य भए ।यसरी हेर्दाहेर्दै एकै मान्छेको छोटो आयुमा अनेकौं उतारचढाव आए । हिजोका गुल्जार खेतबारी आज बाँझो हुनु कसरी बिकास मान्नु खोइ । गुणस्तर भनेको प्रदर्शन मात्र भएको छ । विचारको खेती सकियो । जितको ,सुखको र छिटोको नर्सरी मात्र पो बन्यो यो देश हेर्दाहेर्दै । जसरी पनि जित्नु , सजिलो हुनु , पहिला भन्दा छिटो हुनु आजका सबैभन्दा ठुला उपलब्धि भैगए । नैतिकता र आदर्शको बोझ कोहि बोक्न चाहन्न । स्वतन्त्रताको उडानले आकाश ढाकेपनि अवतरण गर्न धर्ती नै चाहिने यथार्थ भुल्ने समाज पो बन्दै गएको हो कि । प्रकृति प्रक्रिया र प्रगतीलाई छ्यासमिस पारियो । यी तीन कुरा आफैमा भिन्न कुराहरू हुन् । जसको महत्व मानविय जीवनमा अत्यधिक छ । प्रक्रियालाई विकास ठान्ने , एउटा कुरा बिस्थापित गरेर नविनकुराको स्थापनालाई विकास ठान्दा ती दुबैको प्रकृती छायामा पर्न गयो । बौद्धिक हुनुको भ्रमले यो देशलाई अर्को उकुसमुकुस तिर धकेन्दै छ । सबैलाई बौद्धिक देखिनुको हतारो छ । पसिना बगाउन को चाहन्छ र ? कल्पनाको उडान मात्र बौद्धिकता हो ? रुपक र बिम्ब जोड्न जान्नु कलाकारिता सम्म हुन सक्छ । बौद्धिकता निकै माथिल्लो अवस्था हो । तर बिचमा रहेका खुड्किला नटेक्ट्दै जो कोहि शिरानमै पुग्न खोज्छ । बोल्न लेख्न जान्यो ऊ समाजको उपल्लो बर्गमा गनियो । पढेकाले काम गर्न हुन्न अर्थात मेहनत नपढेकै बर्गले गर्नुपर्छ भन्ने भाष्य पनि स्थापित भयो हाम्रो उमेर याममा । पढेपछि जागिर नै खानुपर्छ नत्र किन पढ्ने अर्को न्यारेटिभ बन्यो । व्यक्तिको सम्मान भन्दा पदको सम्मानले आफ्नो स्थान बलियो बनायो ।

स्वतन्त्रताको र सामाजिक समानताको लागि सानातिना आन्दोलन होइन दशवर्षे जनयुद्ध नै देखियो भोगियो । कतै सामेल पनि भैयो । राजनीतिक नारा लाइएन ,झन्डा र झोला बोकिएन त्यो फरक कुरा हो । आफ्नो कर्मलाई सर्वोपरि ठानेर विकट भूगोलका नानीहरू सँग निकट रहेर कट्यो जीवनको उर्बर याम । दामले साथीहरू कोहि ब्यापारी बने । कोहि उद्योगपती ,कोहि सेना प्रहरी र कोहि सेना । एउटा प्राथमिक विद्यालयको शिक्षक भएर पनि जिविकोपार्जन गर्न सकिन्छ भन्ने दृढताले बिदेशको आकर्षणले पनि छुन सकेन । चेतना भन्नू पनि एउटा निर्मम कुरा रहेछ । कहिले प्रतिस्पर्धाको दौड रोकिदिन्छ । कहिले उन्नति प्रगतिको बाधक बनाइदिन्छ । उसो त आर्थिक उन्नति मात्र सबैकुरा होइन भन्ने चेतना आउनु पनि उपलब्धि हो । मितव्ययी हुनु सरल भएर बाँच्न थोरैमा खुशिहुनु त्यसैका परिणाम होलान् । तर चेतनाको अर्को ज्वाला भने जलिरहने रहेछ । यो देशको अवस्था देख्दा मन कोक्याउने रहेछ । चालिसको दशक देखि राजनीतिलाई भिन्न भिन्न कोणबाट हेर्न सिकिएछ ।बुझ्न थालिएछ । आज असिको दशकमा आउँदा गाउँ रित्तिनु र शहर भरिनु शहरलाई शहर बनाउन अधिकांश नेपाली बिदेशिन पर्नुको पिडाबोधले दुखाइरहेछ । नेपाली बजार , मूल्य बृद्दी , मान्छेको चेतनास्तर , शिक्षा स्वास्थ्यमा बढेको चासो , सूचना सञ्चार र प्रविधिको फड्को सँग तादात्म्यता ल्याउन नेपालीले गरेको संघर्षले धेरै कुरालाई बिम्बित गर्छ । जो कोहि सम्मृद्दी चाहन्छ ।

समयसँग हिड्न खोज्छ जो कोहि । मानविय प्रवृत्ति हो यो । नेपाली मात्र होइन संसारकै समाजको मनोविज्ञान हो यो । आज त झन् प्रत्येक नेपालीले संसार नियालेको छ । कतिपयले स्थलगत रूपमा अन्यले डिजिटल रुपमा नियालेको संसार फरक छ । यो फरक कुरालाई फरकढंगले बुझ्नु र बुझाउनु आजको दायित्व हो । तथ्यांक र विवरणको बाढी छ डिजिटल दुनियाँमा । त्यसको मूल्यांकन र आफ्नो निहित आवश्यकता पहिचान पछिल्लो पुस्ताको आवश्यकता हो । हातहातमा एन्ड्रोइड मोबाइल बोकेर सम्मृद्दी देखाउने चलन आउन नपाउँदै पुरानो भयो र नकारात्मक कुराको सिको समाजभरी फैलियो । सामाजिक सन्जालले मान्छेलाई झन् असामाजिक बनायो । एक्लो बनायो । नजिकको साथिसँग बोल्न समय हुँदैन टाढा र नयाँ साथिसँग दिल खोलेर बोल्छ । सूचना सञ्चार र प्रविधिका उपलब्धि यिनै हुन् र ? बालबालिका होउन् या पौढ र बृद्द सबैलाई यो डिजिटल रोगले च्यापेको छ आज । आज राजनीति डिजिटल हुँदै छ । विकास निर्माण डिजिटल हुँदैछ । मानविय सम्बन्ध र सम्बेदना डिजिटल हुँदैछ । डिजिटल माध्यम बाट जोडिएर डिजिटलकै कारण सम्बन्ध बिच्छेद भएको छ । घरपरिवार छिन्नभिन्न भएको छ । समाज भाडिएको छ । स्वतन्त्रता चरम चुलिमा छ कर्तव्यबोध पिँधमा आफ्नो अस्तित्व गुमेकोमा मुर्छित भएको छ । राजनीतिमा प्रयोग हुने एउटा शब्द छ कु भन्ने । शब्द भन्यो भने एक वर्ण छ । तर त्यो अयगउ हो अंग्रेजीमा खासमा । कति नेपालीले बुझ्लान् डिजिटल कु लाई कुन्नी ?

ऋयगउ म’éतबत भन्ने फ्रेन्च शब्दबाट आएको कू को अर्थ त्यस्तै हुन्छ ।हिन्दी, स्पेनिस, अरबी र नेपालीमा कू ÷ ऋयगउ भनेरै प्रयोग हुन्छ, किनकि यो प्राविधिक राजनीतिमा अब (तभअजलष्अब ितभचm) बनिसकेको छ।यो शब्द आफैंमा हिंसात्मक छ ।ऋयगउ भनेको नै संवाद होइन, चोट हो। मत होइन, मुक्का हो।बहस होइन, बन्दुक हो। त्यसैले ऋयगउ लाई कहिल्यै पनि शान्त राजनीतिक परिवर्तन मानिँदैन। जो अहिले संसारका प्रायः सबै समाजमा ब्याप्त छ । तरिका र प्रयोगमा व्यवस्थापन मात्रै फरक छ । नेपाल र नेपाली माथी गरिएका प्रयोगको फेहरिस्त लामो छ । शिक्षा ,स्वास्थ्य , संस्कार , संस्कृति , धर्म ,परम्परा , लिङ्ग जात , कृषि ,पर्यटन केमा मात्र नविनता र सुधारको नाममा नयाँ प्रयोग भएनन् र ? नयाँ प्रयोगको नाममा पुरानोको नामोनिसान मेटाउनु अर्को एउटा कू होइन र ? हामी नेपालीमा त्यस्तो कु बाट बँच्ने सम्भावना के होला ? कति होला ?? सम्पूर्ण राजनीति त अछुतो छैन नै । के यो शृङ्खलाको अन्त्य होला त ? प्रश्नहरू अगणित छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार