नेपालगन्ज ।
मृगौला रोगबाट पीडित वरिष्ठ कलाकार कमल विके निर्माेहीको उपचार सहयोगका लागि रकम संकलन गरी हस्तान्तरण गरिएको छ ।निर्माेहीको उपचार सहयोगका लागि गठित समितिले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित पाँच लाख ६३ हजार चार सय ७७ रूपैयाँ सहयोग प्रदान गरेको हो ।
नमस्कार शाहको संयोजकत्वमा गठित समितिले नेपालगन्जमा एक कार्यक्रम गर्दै वरिष्ठ कलाकार निर्माेहीलाई उक्त रकम हस्तान्तरण गरेको हो । शाहका अनुसार निर्माेहीको उपचारका लागि समितिले ५ लाख ३५ हजार ४ सय ७७ रूपैयाँ संकलन गरेको थियो । यसैगरी बाँके कला केन्द्रबाट संकलित २१ हजार, कमिट नेपालद्वारा प्रदान गरिएको पाँच हजार, अपागंता अधिकारकर्मी हरिकला थापाद्वारा प्रदान गरिएको २ हजार गरी पाँच लाख ६३ हजार चार सय ७७ रूपैयाँ पनि निर्माेहीलाई हस्तान्तरण गरिएको छ ।
लोकगायन र रेडियो उद्घोषण कलाले प्रसिद्ध कलाकार निर्माेही विगत एक वर्षयता मृगौलाको समस्याबाट ग्रसित भइ उपचारमा छन् । उनी उपचारमा रहेकै अवस्थामा उनकी पत्नीसमेत मृगौला रोगबाटै ग्रसित भएपछि निर्माेहीको परिवारमा संकट आइपरेको छ ।









प्रतिक्रिया दिनुहोस्