अफ्रिकन कफ अफ नेसन्स : सेनेगल र मोरक्को उपाधिका लागि भिड्ने



 

काठमाडौं । अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने भएका छन् । टांगिएरस्थित टांगिएर ग्राण्ड्स स्टेडियममा गएराती भएको पहिलो सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० ले हराएर फाइनल पुगेको हो ।

सेनेगलका लागि साडियो मानेले ७८औं मिनेटमा निर्णायक गोल गरेका थिए । यस्तै रबातको प्रिन्स मौले अब्देल्लाह स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टीसुटआउटमा ४-२ ले हराउँदै सेनेगलसँग उपाधि भेट पक्का गरेको हो ।

गोलकिपर यासिन बोनोले दुई पेनाल्टी बचाएपछि मोरक्कोले फाइनल यात्रा तय गरेको हो । निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएकोपछि पेनाल्टी सुटआउटमा पुगेको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार